Websoft University

www.radiomakalu.com || 021-522512


फूलपातीदेखि नवमीसम्म दैनिक १ लाख यात्रु बाहिरिन्छन्, २ हजार गाडी थप

sawari ktmको लागि तस्बिर परिणाम



काठमाडौं , असोज २२ गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि घर जाने यात्रुको संख्या बढेपछि करिब दुई हजार गाडी थप गरेको छ । महासंघले फूलपातीदेखि नवमीका दिनसम्म बाहिर जाने यात्रुको संख्या दैनिक करिब एक लाख पुग्ने अनुमान गरेर गाडी थप गरेको हो ।

दसैंका अवधिमा करिब २० लाख सर्वसाधारण काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएकामा अहिलेसम्म करिब १६ लाख बाहिरिएको महासंघले जनाएको छ । महासंघका कावा अध्यक्ष डोलनाथ खनालले सामान्य अवस्थामा भन्दा अहिले गाडी चढ्ने यात्रुको चाप बढेका कारण थप गरिएको जानकारी दिँदै दसैँका लागि सबै गाडीले ओहोरदोहोर ३५/३६ हजार ट्रिप गर्नुपर्ने बाध्यता रहेको बताए। महासंघले टिकटको समस्या नरहेको जनाए पनि बल्खु, कलंकी, बालाजु बाइपास, कोटेश्वरलगायत नाकामा घर जान हिँडेका यात्रुको चहलपहल छ । उनीहरुले सजिलै टिकट प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget