Websoft University

www.radiomakalu.com || 021-522512


शिरिषले जिते छैटौं खुल्ला पौडी प्रतियोगिताको उपाधि


pokhara_swimming
ओलम्पियन शिरिष गुरुङले पोखरामा सम्पन्न छैटौं खुल्ला पौडी प्रतियोगिताको उपाधि जितेका छन् ।

सोमबार पोखराको फेवातालमा भएको साढे २ किलोमिटर खुल्ला पौडी प्रतियोगितामा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवका गुरुङले २६.०७.१३ मिनेटमा उक्त दुरी पार गर्दै प्रथम भएका हुन् । उनले नगद २५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा २७.३२.३८ मिनेटमा निर्धारित दुरी पार गरेका सशस्त्र प्रहरीको एपिएफ क्लवका देबेश मानन्धर द्वितीय हुँदै नगद १५ हजारसहित मेडल र प्रमाणपत्र जिते भने नेपाली सेनाको त्रिभूवन आर्मी क्लवका रुद्र कटुवालले २८.०७.०६ मिनेटमा दुरी पार गर्दै तेश्रो भए । उनले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै, कास्की जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि धनमान गुरुङले जितेका छन् । ३३.०५.८८ मिनेटमा निर्धारित साढे २ किलोमिटर दुरी पार गरेका उनले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सो स्पर्धामा ३४.०६.८८ मिनेटमा निर्धारित दुरी पार गरेका रामकुमार मिथुनले द्वितीय हुँदै नगद ८ हजार, मेडल र पत्र तथा ३६.२३.४१ मिनेटमा दुरी पार गरेका अर्जुन नेपालीले तेश्रो हुँदै नगद ६ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैबीच, प्रतिष्पर्धामा एक मात्र सहभागि महिला प्रतिष्पर्धी कास्कीकी रुबी तामाङले निर्धारित दुरी पार गरिन् । उनले ४०.११.८४ मिनेटमा निर्धारित दुरी पार गरेकी उनलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । पौडी संघ कास्कीका अध्यक्ष बैभव पौडेलले आफ्नो व्यञ्जन रेष्टुरेण्टको तर्फबाट तामाङलाई नगद पुरस्कार प्रदान गरेका हुन् ।

कास्की जिल्ला पौडी संघ र कास्की जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजना तथा नेपाल पौडी संघको विशेष सहयोगमा भएको प्रतियोगितामा सहभागि ३२ जना मध्ये २८ जनाले निर्धारित दुरी पार गरेका थिए भने ४ जना प्रतियोगिले दुरी पार गर्न सकेनन् । प्रतियोगितामा अमेरिकी नागरिक युट्रेन र वेलायती नागरिक स्टेफनले पनि निर्धारित दुरी पार गरेका थिए ।

यसैबीच, नेपाल पोडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्यले खुल्ला पौडी प्रतियोगितालाई दक्षिण एसियाली स्तरको बनाउने घोषणा गरेका छन् । कार्यक्रममा बोल्दै उनले फेवाताल पौडी प्रतियोगिताको लागि उपयुक्त स्थान भएको बताउँदै आगामी सातौ खुल्ला पौडी प्रतियोगिता दक्षिण एसियाली स्तरको बनाउने बताएका हुन् ।-सन्देश श्रेष्ठ,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget