Websoft University

www.radiomakalu.com || 021-522512


हाड बलियो बनाउन अपनाउनुस् यी टिप्स



काठमाडौं, कात्तिक ९ गते । बदलिँदो जीवनशैलीका कारण मान्छेको खानपानमा धेरै परिवर्तन आएको छ । यसकारण मानिसहरू छिट्टै बिरामी हुनेगरेका छन् । जोर्नीको दुखाई पहिलेपहिले बुढो उमेरमा हुने गर्थ्यो भने आजकल जवान मान्छेलाई पनि हुने गरेको छ ।



यसबाट बच्नका लागि क्याल्सियम भएका खानेकुरा भरपूर खानुपर्छ । यी हुन् केही आहार जसले तपाईंको हाड बलियो बनाउँछन् :

बदाम
बदाम दिनदिनै सेवन गर्दा जोर्नीहरूको बाहिरी मेम्ब्रेन खराब हुन पाउँदैन । बदाममा भिटामिन ई र एन्टीअक्सिडेन्टहरू हुन्छन् जसले जोर्नी सुन्निने र पीडा हुने क्रियालाई रोक्छ ।

मेवा
मेवामा भरपूर मात्रामा भिटामिन सी हुन्छ । भिटामिन सीकै कमीले हाड कमजोर हुने भएकाले नियमित मेवाको सेवन गर्नुपर्छ ।

स्याउ
दिनदिनै स्याउ खानुभयो भने जोर्नीको दुखाई कम हुन्छ र क्षति हुन पाउँदैन । घुँडा बलियो हुन्छ ।

बुर्काउली
शरीरबाट फ्री रेडिकलहरूलाई बाहिर निकालेर हड्डीलाई कमजोर हुनबाट बुर्काउलीले बचाउँछ । यसमा भएको क्याल्सियमले जोर्नीलाई बलियो बनाउँछ ।

राजमा
राजमामा म्याग्निज र अन्य तत्व विद्यमान हुन्छन् । जोर्नीका लागि यो जरूरी कुरा हो । यसले पनि शरीरमा फ्री रेडिकललाई बाहिर निकाल्छ ।

ग्रीन टी
जोर्नीहरूको कार्टिलेज खराब हुनबाट ग्रीन टीले जोगाउँछ । यसमा भएका एन्टीअक्सिडेन्ट्सले हाडहरूलाई बलियो बनाउँछन् ।

पञ्जाब केशरीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget