Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वमन्त्री घिमिरेका भाइको शव फेला

काठमाडौँ, असोज २३ गते । दुई साताअघि चितवनको दारेचोकस्थित घोप्टेभीरबाट गाडीसहित वेपत्ता पूर्वगृहमन्त्री माधव घिमिरेका भाइको शव शनिबार बिहान तनहुँको देवघाट ४ बगहीस्थित त्रिशुली किनारमा फेला परेको छ ।



जिल्ला प्रहरी चितवनका डिएसपी दीपक श्रेष्ठका अनुसार त्रिशुली किनारमा शव देखेपछि स्थानीय माझीले प्रहरीलाई खबर गरेका थिए । शव साथै भेटिएको परिचय पत्र र लाइसेन्सका आधारमा जिल्ला प्रहरी चितवनका प्रमुख वसन्त कुँवरले शव घिमिरेको भएको पुष्टी गरेका हुन । अव फेला परेको खबर पछि कुँवरको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । अहिले शव फेला परेको स्थानमा जिल्ला प्रहरी तनहुँको टोलीले मुचुल्का उठाउने काम गरिरहेको डिएसपी श्रेष्ठले बताए ।

असोज ९ गते मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा घिमिरे परिवार सवार गाडी घोप्टेभीरबाट त्रिशुलीमा खसेर बेपत्ता भएको थियो । घिमिरेकी आमासहित ३ को घटनास्थलमा मृत्यु भएको भएको थियो । पूर्वमुख्यसचिवसमेत रहेका माधवप्रसाद घिमिरे र उनका दुई भाइ त्रिशुलीमा बेपत्ता थिए । वेपत्तामध्ये मोहनको शव भेटिएको हो । एकसाता सम्म प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले खोजी गरेको थियो ।



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget