
आफ्नो मोबाइलक ढिलो चार्ज हुने समस्याले तनावमा हुनुहुन्छ । यदि हो भने हामी तपाईंलाई यस्तै सजिलो तरिकाबारे बताउँदैछौं । आउनुहोस् थाहा पाऔंः

मोबाइल जति पुरानो हुन्छ ब्याट्रिको चार्ज हुने क्षमतामा पनि प्रभाव पर्ने गर्दछ । नयाँ फोनमा निकै छिटो ब्याट्रि चार्ज हुन्छ । त्यसकारण यदि फोन पुरानो छ भने पनि यसलाई समय समयमा अपडेट गरिरहनुहोस् । यसो गर्नाले फोन स्लो पनि हुँदैन र ब्याट्रि छिटो चार्ज हुन्छ ।

तपाईंले धेरैपटक अरुको चार्जर प्रयोग गर्नुभएको होला तर वास्तवमा कहिले पनि लोकल वा युनिभर्सल चार्जरले फोन चार्ज गर्नु हुँदैन । फोनको एक्सेसरिजसँग आएको एडेप्टर नै फोन चार्ज गर्न प्रयोग गर्नुपर्छ ।

कमजोर पावर सोर्सले तपाईंको फोनलाई बिगार्न सक्छ । यदि तपाईं कम्प्युटर वा कुनै वायरलेस चार्जिङबाट फोन चार्ज गर्नुहुन्छ भने तपाईंको फोन निकै ढिलो चार्ज हुन्छ । त्यसकारण सधैं प्लगमा नै फोन चार्ज गर्नुहोस् किनभने कमजोर पावर सोर्सले तपाईंको ब्याट्रि ढिला चार्ज त हुन्छ नै, यसले तपाईंको पूरा फोन नै बिगार्नसक्छ ।

तपाईंको फोन ढिलो हुनुको एउटा कारण युनिभर्सल चार्जर पनि हुनसक्छ । र साथै यसले स्मार्टफोनको ब्याट्रि पनि खराब गर्दछ । त्यसकारण फोन सँगै आएको चार्जर मात्र प्रयोग गर्न जरुरी छ ।

छिटो चार्ज हुनका लागि ब्लूटूथ, जीपीएस र वाइफाईजस्ता सर्भिसेजहरु बन्द गर्नुहोस् । तपाईं यसलाई हाइबरर्नेट पनि गर्न सक्नुहुन्छ ।
Post a Comment