Websoft University

www.radiomakalu.com || 021-522512


अख्तियारले हटायो लोकमानले नियुक्त गरेका दुई स्वास्थ्य विज्ञ




काठमाडौं कात्तिक १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जना विज्ञहरुको टोलीलाई हटाएको छ । जसमा २ जना स्वास्थ्य विशेषज्ञ परेका छन् । लोकमानले नियुक्त गरेका र उनी पक्षधर रहेको भन्दै दुवैजनालाई आयोगले हटाउने निर्णय गरेको हो ।


अख्तियारले हटाएकामध्ये एक डा. निलमणी उपाध्याय विज्ञकै रुपमा निकै विवादास्पद बनेका थिए । नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार समेत रहेका उनलाई सोही समयमा अख्तियारले विज्ञको रुपमा प्रयोग गरेको थियो । उनी सैनिक मेडिकल कलेजका प्राध्यापक समेत हुन् । किष्ट मेडिकल कलेजको सिट निर्धारण, देवदह र गण्डकी मेडिकल कलेजको मुद्दा, केयूको प्रवेश परिक्षामा भएको हस्तक्षेपमा उनको भूमिका थियो ।


अख्तियारले लोकमानकी छोरी एवं स्वास्थ्य विशेषज्ञ आध्याश्री कार्कीलाई पनि अवकाश दिएको छ । उनी भने आयोगमा साताको एक दिनमात्रै उपस्थित भएर फाइल हेर्ने र स्वास्थ्य परिक्षण गर्थिन । उनले विना तलब आयोगमा काम गरेकी थिइन ।


यी दुईसँगै स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अनुसन्धान गरेर अवकाश पाएका पूर्वडिएसपी माधव खत्रीलाई पनि अख्तियारले हटाएको छ । खत्रीले ‘मिसोप्रोष्टोल’ अनियमितता प्रकरणको छानविन गरेका थिए, जुन विशेष अदालतबाट अख्तियारको विपक्षमा फैसला भइसकेको छ । खत्रीले स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले तयार पारेको बील–भरपाई मुद्दाको पनि फाइल अनुसन्धान गरेका थिए ।-स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget