Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडौंमा डेंगु सार्ने लामखुट्टे भेटिए, डेंगु लागेको कसरी थाहा पाउने ?

dengue
चितवनका २१ जनामा डेंगुको संक्रमण देखिएपछि काठमाडौंबासीलाई पनि सतर्क रहन स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी शाखाले अनुरोध गरेको छ ।

इपिडिमियोलोजी शाखाले डेंगु सार्ने ‘एडीज’ नामक लामखुट्टे काठमाडौंमा पनि देखिएको भन्दै सतर्क रहन अनुरोध गरेको हो ।

शाखाका अनुसार करिब एक महिनाको अवधिमा चितवनमामात्र झण्डै २१ जनामा डेंगुको संक्रमण देखिएको छ र डेंगु सार्ने लामखुट्टे काठमाडौंमा पनि भेटिएको शाखाका अधिकारीहरु बताउँछन् ।

चितवनमा देखिएको डेंगु काठमाडौंको लामखुट्टेले सारेको हो वा त्यहीँबाट फैलिएको हो भन्नेबारे अहिलेसम्म यकीन जानकारी भने नआएको इपिडिमियोलोजी शाखा प्रमुख डा. गुणनिधि शर्माले बताए ।

डा. शर्माले भने, ‘अहिलेसम्म काठमाडौंमा डेंगुका विरामी नदेखिए पनि डेंगु सार्ने लामखुट्टे भने प्रशस्त मात्रामा भेटिएका छन् । तर, चितवनमा देखियो त्यो रोग काठमाडौकै लामखुट्टेले सारेको हो वा उतैबाट सरेको हो भन्ने अझै पुष्टि भएको छैन ।’

यद्यपी, डेंगु सार्ने लामुखट्टेले संक्रमित व्यक्तिलाई टोकेर अन्य व्यक्तिलाई टोकेको खण्डमा यो रोग सजिलै सर्ने हुँदा सजग रहन उनको अनुरोध छ ।

नेपालमा हरेक वर्ष डेंगुको संक्रमण हुने गरेको छ । यस वर्ष नेपालमा डेंगुबाट कसैले ज्यान गुमाउनु परेको छैन । तर, सन् २०१० मा नेपालमा डेंगुबाट मर्नेको संख्या १० पुगेको थियो । त्यस्तै, गत वर्ष दुईजनाले डंगुबाट ज्यान गुमाएका थिए ।

डेंगु लागेको कसरी थाहा पाउने ?

खासगरी नेपालका तराईका जिल्लाहरु डेंगुबाट बढी प्रभावित छन् । यदि तपाई डेंगु प्रभावित क्षेत्रमा हुनुहुन्छ र ज्वरो आएको छ भने तपाईंलाई डेंगु भएको हुनसक्छ । त्यसैले निरन्तर उच्च ज्वरो आइरहेको छ । तर त्यसमा भाइरल इन्फ्लुयन्जा अथवा रुघाखोकीको कुनै लक्षण देखा परेको छैन भने एकपटक डेंगुको जाँच गर्नु उपर्युक्त हुन्छ ।

उच्च ज्वरो आउने, खान मन नलाग्ने, जीउ गल्ने, शरीरमा विमिरा आउने, शरीरका विभिन्न भागबाट रगत बग्ने डेंगु रोगको लक्षण हुन् ।

कसरी बच्ने ?


डेंगु लामुखट्टेबाट सर्ने रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा बढी टोक्ने हुँदा शरीर ढाक्ने पुरा बाहुला भएको लुगा लगाउनुपर्दछ ।

घरमा सुत्दा झुलको प्रयोग गर्ने र शरीरमा ओडोमस लगायतका क्रिम शरीरमा लगाउँदा पनि लामखुट्टेले टोक्दैन ।

यसका साथै घर वरपर पानी जम्ने खाल्डा खुल्डी छन् भने पुर्ने, घर वरिपरि पानी जम्न नदिने र सरसफाइ गर्ने, सकेसम्म प्लाष्टिकका भाँडाहरुको प्रयोग गर्नु हुँदैन । प्लास्टिकका भाँडामा लामखुट्टे वृद्धि हुन सम्भावना बढी रहन्छ ।

डेंगु लाग्दा ध्यान दिनुपर्ने कुरा

डेंगु रोग लाग्यो र समयमै उपचार भएन भने मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले ज्वरो आउनासाथ वा डेंगु लागेको शंका लागेमा स्वास्थ्य जाँच गराइहाल्नुपर्छ ।

डेंगु लागेको मानिसलाई ज्वरो कम भएपनि अस्पतालबाट घर फर्काउनु हुँदैन । किनकी ज्वरो घटेको ४८ घण्टासम्म पनि अवस्था जोखिमपूर्ण नै हुने भएकाले विरामीलाई चिकित्सकको निगरानीमा राख्नु नै उचित हुन्छ ।

डेंगु लागेको व्यक्तिलाई धेरै ज्वरो आएमा बु्रफिन खानु घातक हुन्छ । यसले शरीरबाट थप रगत बग्ने जोखिम हुन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget