Websoft University

www.radiomakalu.com || 021-522512


नेपाली बजारमा लोकप्रिय हुँदै ‘वान प्लस थ्री’ स्मार्टफोन


oneplus-3
चिनियाँ स्मार्टफोन वान प्लस नेपालमा प्रवेश भएको छोटै समयमै लोकप्रिय भएको छ । ६ महिनाअघि मात्र नेपाल भित्रिएको यो ब्राण्डलाई धेरैले रुचाएका छन् । ‘वान प्लस थ्री’ मोडलको सेटमा उपभोक्ताको आकर्षण बढदो छ ।
गत मे महिनाबाट वान ‘वान प्लस थ्री’ नेपालमा बिक्री सुरु भएको थियो । चर्चित एप्पल र सामसुङ लगायतका स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न यो सफल भएको छ ।
‘वान प्लस’ स्मार्टफोनको नेपालको लागि आधिकारिक विक्रेता आइ हबका अनुसार पहिलो लटमा नेपाल भित्रिएका सबै सेटहरु बिक्री भइसकेको र नयाँ दोस्रो लटको समेत आइसकेको छ ।
के छन् त खास विशेषता
यो स्मार्टफोनमा वान प्लस स्मार्टफोन ५.५को टच स्क्रिनको साथमा १०८०/१९२० पिक्सलका रेजुलेशन छ । यसको मूल्य नेपाली बजारमा ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
‘वान प्लस थ्री’ स्मार्टफोनमा ६ जीबी र्‍याम र ६४ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । यो फोनमा १६ मेगापिक्सलको रियर क्यामेराको साथमा सेल्फीको लागि ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा जडान गरिएको छ ।
एन्ड्रोइड ६.०.१ भर्सनको फोनमा ३ हजार एमएएचको पावर ब्याट्री छ । स्मार्टफानेमा दुई नानो सिम लाग्छ । ‘वान प्लस थ्री’ फोनले फोरजी समेत सर्पोट गर्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget