Websoft University

www.radiomakalu.com || 021-522512


ग्यास्ट्राइटिस भए के गर्ने ?


ग्यास्ट्राइटिस भए के गर्ने ?
हामीले खाएको खाना आमाशयमा चारदेखि ६ घन्टासम्म रहन्छ । त्यसपछि खाना पचाउने प्रक्रिया सुरु हुन्छ । खाना पच्नलाई त्यहाँ विभिन्न पाचन रस आउने गर्छ । त्यसमा पनि हाइड्रोक्लोरिक एसिड र पेप्सिनले महत्वपूर्ण भूमिका खेल्छन् । यिनीहरूको काम आमाशयमा रहेको खानालाई सहज रूपमा पचाउने हो । यिनीहरूले शरीरका कुनै पनि भागलाई असर नगरी खानालाई पचाउने काम गर्छन् । तर, शरीरको आफ्नै सुरक्षा प्रणाली कमजोर भयो र सहज रूपमा पाचन प्रक्रिया हुन सकेन भने हामीलाई ग्यास्ट्राइटिस हुन्छ । तर, ग्यास्ट्राइटिस हो/होइन भन्ने परीक्षणपछि मात्र थाहा हुन्छ ।

लक्षण
छाती र पेटको बीचको खाल्टोवरिपरि दुख्नु

पेट पोल्नु, भोक हराउनु, पेट ढुस्स भएकोजस्तो हुनु या भारी हुनु

विनाकारण टाउको दुख्नु,

वाकवाकी लाग्नु, बान्ता हुनु र कहिलेकाहीँ बान्तामा रगत देखिनु

कालो दिसा आउनु, खाना नपच्नु आदि

ग्यास्ट्राइटिस बिग्रँदै जाँदा अल्सर हुने र बारम्बारको अल्सरले क्यान्सर हुने सम्भावना पनि हुन्छ

ध्यान दिनुपर्ने

चिल्लो, पिरो, अमिलो, मसलेदार र तारेको खानेकुरा नखाने रक्सी चुरोट सेवन नगर्ने सकेसम्म घरमा बनाएको खाना खाने, बाहिरको खाना नखाने जुनसुकै रोगको पनि चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्ने लहैलहैमा औषधि सेवन नगर्ने ।

ग्यास्ट्राइटिसबाट जोगिन

ग्यास्ट्राइटिसबाट जोगिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको सामान्य जीवनशैली र स्वस्थ खाना नै हो

सही समयमा खाना खाने

रेसा र चोकरयुक्त खस्रा मोटा खानेकुरा खाने

सागसब्जी, सलाद–फलफूल, फलफूलको रस, स्याउ, स्ट्रबेरी, मेवा, लसुन सेवन गर्ने

पानी प्रशस्त पिउने ।-

डा. भूपेन्द्रकुमार बस्नेत, पेटरोग विशेषज्ञ

नयाँ पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget