Websoft University

www.radiomakalu.com || 021-522512


अवरुद्ध मेची राजमार्ग दुई दिन पछि सुचारु


Taplejung-Pahiro,-Landslide
ताप्लेजुङ,भदौ २९ गते । अविरल बर्षापछि झरेको पहिरोका कारण सोमबार रातिदेखि अबरुद्ध भएको मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ-पाँचथर सडक खण्ड आज विहानबाट सञ्चालनमा आएको छ ।

अबिरल वषर्ाका कारण सडकमा माथिबाट झरेका ठुला-ठुला ढुङ्गा पन्छाउन समय लागेकाले दुई दिन पछि आज विहानबाट मात्र सडक सञ्चालन गर्न सकिएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए ।

सडक सञ्चालनमा आएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापा हुँदै विभिन्न स्थानमा जाने साना तथा ठुूला सवारीसाधन गन्तव्य तर्फ प्रस्थान गरेका छन् भने ताप्लेजुङ भित्रने सवारी साधन पनि भित्रन थालेको ट्राफिक प्रहरीले बताएको छ ।

गत भदौ १७ गते राति ताप्लेजुङ नगरपालिका ८ को मेवाराजा क्षेत्रमा झरेको ठूलो पहिरोले राजमार्गको ताप्लेजुङ-पाँचथर सडक खण्डको दर्जनौ स्थान बगाउँदा नयाँ ट्याकबाट सडक सञ्चालन हुँदै आएको थियो । त्यसपछिको वर्षाले पनि उक्त क्षेत्रमा स-साना पहिरो झर्दा सडक अबरुद्ध हुँदै आएको छ ।

यो सडक हुँदै ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनका लागि आउने हजारौं तीर्थयात्री पहिरोको कारण बाटोमै रोकिएका थिए भने दैनिक उपभोग्य बस्तु लगायतका सामाग्री लिएर ताप्लेजुङ भित्रने ट्रकहरु समेत बीचबाटोमा नै रोकिँदा सदरमुकाममा दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको थियो ।,रविन भट्टराई

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget