Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधनमा धर्मनिरपेक्षता खारेज गरिनुपर्छः अध्यक्ष थापा


राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संविधान संशोधनमा हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग गरेका छन्।

राप्रपा नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले मधेसवादी दलहरुको चाहनाअनुरुप संविधान संशोधन भए आफूहरुको यो मुद्दा पनि सम्बोधन गर्नुपर्ने अडान दोहो¥याएका हुन्।

संशोधनमा नभए जनमत सङ्ग्रहमा जान पनि तयार रहेको उनको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिलेको सरकारले एक महिनासम्म पनि मधेसवादी दलको माग सम्बोधन गर्न नसकेको आरोप लगाए।

सरकारले तीन तहको निर्वाचनका लागि पर्याप्त रुपमा तयारी नगरेको उनको आरोप छ । दलहरुबीच सहमति नभए संविधान संशोधन हुन नसक्ने भन्दै अध्यक्ष थापाले काँग्रेस, माओवादी र मधेसवादी दलले मात्र दुई तिहाइ बहुमत पु¥याउन नसक्ने उनले बताए।

संशोधनका लागि कि त एमाले कि त राप्रपा नेपाल नै चाहिन्छ उनले भने, ‘‘सरकारले अहिलेसम्म आफ्नो दलसँग कुनै प्रकारको छलफल गरेको छैन ।’’

देशमा समयमै निर्वाचन नभए संवैधानिक रिक्तता आउने भन्दै त्यसो भए मुलुक दुर्घटनातर्फ धकेलिने थापाको भनाइ छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget