Websoft University

www.radiomakalu.com || 021-522512


कहिले खुल्छ दशैंको टिकट बुकिङ ? अत्तो थाप्दै व्यवसायी

Ticket-Booking
नयाँ बसपार्कस्थित टिकट बुकिङ काउन्टरमा लाइन लागेका यात्रुहरु । फाइल तस्वीर
काठमाडौं,भदौ २४ गते । यातायात व्यवस्था विभागले असोज १ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने प्रस्ताव गरेको छ । तर, यातायात व्यवसायीहरुले भने यो मिति अस्वीकार गरेका छन् ।

यससँगै वर्ष पनि दशैंका लागि सार्वजनिक सवारी साधनको अगि्रम टिकट बुकिङ खुला गर्न ढिलाइ हुने आशंका बढेको छ ।

गतवर्ष नाबकन्दीका कारण तेल आपूर्ति असहज भएपछि बुकिङ खोल्न ढिलाइ भएको थियो । यो वर्ष भने रुट पर्मिट विवाद देखिएको छ ।

सडक दुर्घटना बढेपछि सरकारले रुट पर्मिट नलिएका गाडीहरुलाई रोक्न थालेको छ । र, जिल्लाबाटै अस्थायी रुट पर्मिट दिने व्यवस्था गरेको छ । तर, व्यवसायीहरु भने नियम पूरा गरेर रुट पर्मिट लिनुको साटो दशैंको टिकट बुकिङमा बार्गेनिङ गरेर रुट पर्मिट नै नलिएर गाडी चलाउन माग गरिरहेका छन् ।

२९ गते बैठक बोलाइयो

यातायात व्यवस्था विभागले टिकट बुकिङबारे छलफल गर्न भदौ २९ गते सरोकारवालाहरुको सर्वपक्षीय बैठक बोलाएको छ ।

बैठकमा १ गतेदेखि बुकिङ खुलाउन प्रस्ताव गर्ने विभागका प्रवक्ता बसन्त अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ‘व्यवसायीहरुसँग छलफल गरेर कहिलेदेखि खुल्ने भन्ने टुंगिन्छ । हामी जतिसक्दो छिटो बुकिङ खोलाउन प्रयत्नरत छौं,’ अधिकारीले भने ।

तर, व्यवसायीहरुले भने रुट पर्मिट सम्बन्धी सबै समस्याहरु समाधान नभए टिकट बुकिङ खोल्न नसकिने दाबी गर्छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनाल अहिलेकै अवस्थामा दशैंको बुकिङ खोल्न अप्ठेरो पर्ने तर्क गर्छन् । ‘गाउँ-गाउँसम्म जाने बसहरुलाई रुट पर्मिट दिइएको छैन । राजमार्गमै यात्रु छोडेर आउनुपर्ने अवस्था छ,’ खनालले भने, ‘यही अवस्थामा बुकिङ खोल्न सकिँदैन ।’

रुट पर्मिट, बाटो लगायतका सबै समस्या समाधान भए टिकट बुकिङ असोजको पहिलो हप्तामा खुलाउन सकिने उनले बताएका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget