Websoft University

www.radiomakalu.com || 021-522512


१५ महिनामा देशभर १६ हजार सवारी दुर्घटना, २ हजारको मृत्यु

Image result for accident graphic

काठमाडौं , असोज ५ गते । सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न प्रयास गर्दै आएको छ । तर, प्रहरी प्रयासका बाबजुद पनि सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष साउनयता देशभर ५ लाख ४८ हजार ४ सय ७० जना सवारीचालक विभिन्न कसुरमा कारबाहीमा परेका छन् । यो अवधिमा १६ हजार ५ सय सवारी दुर्घटना भएकोमा २ हजार ६ जनाको मृत्यु भएको छ ।
४ हजार १ सय ८२ जना गम्भीर घाइते भएका छन् भने ८ हजार २ सय २६ जना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार अघिल्लो वर्षको भन्दा गत वर्ष तीन प्रतिशतले कारबाही संख्या घटेको छ ।
काठमाडौं उपत्यकामा भने यो अवधिमा करिब १० हजार वटा सडक दुर्घटना भएकोमा १ सय ६६ मृत्यु भएको छ । २ सय ७५ जना गम्भीर घाइते भएका छन् भने ३९ सय सामान्य घाइते भएका छन् ।

“ट्राफिक जरिवाना रकम बढेका कारण र गल्ती गर्ने चालकलाई चेतना कक्षा अनिवार्य लिनैपर्ने ब्यवस्था लागु गरेयता सडकमा गल्ती गर्नेहरू केही घटेका छन्,” महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले भने, “सवारी चलाएर सडकमा हिँड्नेले ट्राफिक नियममा बाँधिनैपर्छ । हैन भने कारबाही भोग्नुपर्छ ।”
कुनै बेला ट्राफिकले लगेको कागजपत्र भोलिपल्ट सवारीधनीको घरमै आइपुग्ने अवस्था पनि रहेको भन्दै उनले अब त्यस्तो अवस्था नरहेको दाबी गरे ।
त्यसो त सवारी नियम उल्लंघन गर्ने चालकलाई गरिने कारबाहीको प्रक्रिया पनि अहिले सहज छैन । गल्ती गर्ने चालकले प्रहरीद्वारा सञ्चालित चेतना कक्षा अनिवार्य रूपमा लिनुपर्छ । जरिवाना रकम बैंकमा बुझाउनुपर्छ । त्यसपछि मात्र कागजपत्र फिर्ता पाइन्छ । जरिवाना रकम बढ्नु र झन्झटिलो कारबाही प्रक्रियाका कारण एक पटक कारबाहीमा परेकाहरू सचेत हुने गरेको प्रहरीको अनुभव छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget