Websoft University

www.radiomakalu.com || 021-522512


कहाँ बस्दैछन् एमालेका प्रादेशिक मुख्यालय ? (प्रस्तावसहित)

काठमाडौं छाडेर प्रदेशतिर फर्किन वामदेव गौतमको निर्देशन


UML Pradesh Office

काठमाडौं,भदौ १९ गते । प्रादेशिक संरचनामा गएको नेकपा एमालेले सातवटै प्रदेश कमिटीलाई तत्काल बैठक बसेर प्रदेश कार्यालयहरु सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यवाहक अध्यक्ष वामदेव गौतमले सातै प्रदेशका संयोजक र सहसंयोजकको बैठक राखेर यस्तो निर्देशन दिएका हुन् ।

एमालेका सातै प्रदेश कमिटीको बैठक यसै साता आ-आफ्ना क्षेत्रमा बस्ने र पायक पर्ने तथा पार्टीको साधन स्रोत भएका ठाउँमा कार्यालय सञ्चालन हुने संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

कार्यवाहक अध्यक्ष गौतमले पार्टीका प्रादेशिक कार्यालय खोल्दा सकेसम्म भोलि प्रदेशको राजधानी हुन सक्ने ठाउँ छान्न सुझाव दिएका छन् । तर, हाल अञ्चल कमिटीका कार्यालय रहेका ठाउँमध्येबाटै प्रदेश कार्यालय बस्ने सम्भावना छ ।

प्रदेश कार्यालय खोल्ने अधिकार एमालेले सम्बन्धित प्रदेश कमिटीहरुलाई नै दिएको ४ नम्बर प्रदेशका संयोजक किरण गुरुङले बताए । ‘अब तत्कालै बैठक बसेर प्रदेश कार्यालयहरु खोल्नेछौं, सकेसम्म भोलिका प्रदेश केन्द्रमै कार्यालय रहनेछन्,’ उनले भने ।

कुन प्रदेशको कार्यालय कहाँ ?

एमाले स्रोतका अनुसार १ नम्बर प्रदेशको कार्यालय बिराटनगरमा रहने सम्भावना बढी छ । हालको कोशी अञ्चल कार्यालय भवन त्यहीँ रहेका कारण पनि इटहरी वा धनकुटाको साटो बिराटनगरमै प्रदेश कमिटीको मुख्यालय रहन सक्ने पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले बताए ।

त्यस्तै २ नम्बर प्रदेशको कार्यालय जनकपुरमा रहने पोलिटब्यूरो सदस्य शत्रुघ्न महतोले बताए । प्रदेशको केन्द्रभाग जनकपुर नै रहेको र पार्टीको अञ्चल कार्यालय पनि सोही ठाउँमा रहेकाले जनकपुरको विकल्प नरहेको उनले बताए ।

त्यस्तै ३ नम्बर प्रदेश कार्यालय हालको वामगती अञ्चल कार्यालय रहेको काठमाडौंमै हुने केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए । अहिले सबैलाई पायक पर्ने भएकाले काठमाडौंको विकल्प नसोचिएको उनले बताए ।

त्यस्तै ४ नम्बर प्रदेशको कार्यालय पोखरामा रहनेमा कुनै विवाद नरहेको प्रदेश संयोजक किरण गुरुङले बताए । प्रदेशको सम्भावित राजधानी पनि पोखरा नै रहेकाले हालको गण्डकी अञ्चल कार्यालयमै प्रदेश कार्यालय रहने उनले बताए ।

दाङ, बुटवल र नेपालगञ्ज जस्ता शहर रहेको ५ नम्बर प्रदेशको कार्यालय कहाँ हुने भन्ने टुंगो लागिनसकेको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए । व्यवस्थित कार्यालय र भौतिक संरचना तथा केन्द्रका हिसाबले पनि बुटवलमै प्रदेश कार्यालय रहने सम्भावना बढी रहेको उनले बताए ।

त्यस्तै ६ नम्बर प्रदेशको राजधानी रहने भनिएको सुर्खेतमै एमालेको प्रदेश कमिटीको कार्यालय रहने प्रदेश सहसंयोजक यमलाल कँडेलले बताए ।

सात नम्बर प्रदेशको कार्यालय भने कैलालीको अत्तरियामा राख्ने बारे छलफल भएको प्रदेश सहसंयोजक कर्णवहादुर थापाले बताए ।

अञ्चल कार्यालयको सम्पति के गर्ने ?

हिजोका अञ्चलहरुमध्ये कतिपय दुई वा त्योभन्दा बढी प्रदेशमा बाँडिएकाले त्यहाँको पार्टी कार्यालय लगायत चल-अचल सम्पत्ति के गर्ने भन्ने विवाद एमालेमा उत्पन्न भएको छ ।

विगतमा एउटै अञ्चल कमिटीमा रहेका जिल्लाहरु अहिले प्रदेश कमिटी बन्दा बाँडिएका छन् । अञ्चल कार्यालय भवन, जग्गा लगायत भौतिक सम्पत्तिमा ती जिल्लाको पनि हक लाग्ने भएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने गुरुङले बताए ।

एमालेका प्रायः अञ्चल कमिटीका आफ्नै जग्गा, भवन र भौतिक तथा नगद सम्पत्ति रहेका छन् । अलग प्रदेशमा परेका कमिटीहरुले त्यसमा स्वामित्व दावी गर्ने भएकाले त्यसको टुंगो केन्द्रीय कमिटीले लगाउने भएको छ ।

प्रदेश कमिटीका नेतालाई काठमाडौं छाड्न निर्देशन

यसैबीच एमालेका कार्यवाहक अध्यक्ष गौतमले प्रदेश कमिटीका संयोजक सहसंयोजक सहितका सदस्यहरुलाई तुरुन्त काठमाडौं छाड्न निर्देशन दिएका छन् । सांसद भएकाहरु बाहेक अरुले प्रदेशमै रहेर काम गर्नुपर्ने गौतमको आदेश छ ।

आशन्न तीनवटा चुनावमा एमाले पहिलो हुनुपर्ने भन्दै गौतमले तत्काल आ-आफ्नो कार्यक्षेत्रमा फर्किएर बैठक, भेला तथा सभाहरु आयोजना गर्न निर्देशन दिएको गुरुङले बताए ।

प्रदेश कमिटी सञ्चालनको कार्यविधि विगतको अञ्चल कमिटीकै ढंगले हुने र अन्चल समन्वय कमिटीले गर्ने काम प्रदेश कमिटीले गर्ने उनले बताए । कार्यालय सञ्चालनमा आर्थिक समस्या परे पार्टी केन्द्रले अनुदान दिनेसमेत गौतमले बताएका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget