Websoft University

www.radiomakalu.com || 021-522512


अतिक्रमित वन क्षेत्र खाली गर्ने मन्त्री भण्डारीको दृढता


चितवन, असोज १३ गते । वनमन्त्री शङ्कर भण्डारीले संविधान कार्यान्वयन नभए अहिलेसम्मको उपलब्धि गुम्ने बताउनुभएको छ ।

भरतपुरमा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो अवस्था आए राजनीतिक दलहरुसमेत सङ्कटमा फस्ने बताउनुभयो । सँगै संविधान निर्माणका क्रममा जुटेको प्रमुख विपक्षी नेकपा एमालेसहितका दलहरुले संविधान कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर संविधान संशोधन गर्न आवश्यक रहेको र यही तथ्यलाई मनन गरी संविधान संशोधन विधेयक अघि सारिएको उहाँले बताउनुभयो ।

एक फरक प्रसङ्गमा उहाँले चितवनको बाँदरझुलामा सुकुम्बासीभन्दा हुकुमबासी बढी भएको भन्दै अतिक्रमित निकुञ्ज क्षेत्र खाली गर्ने दृढता प्रकट गर्नुभयो । “जसको आफ्नो जग्गा छ, उनीहरु आफ्नै जग्गामा जानुपर्छ, जसको छैन उनीहरुलाई सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्छ” – मन्त्री भण्डारीले भन्नुभयो । देशभरका अतिक्रमण भएका वन क्षेत्रको संरक्षणका लागि विशेष कार्ययोजना बनाएर सरकार अघि बढेको उहाँले बताउनुभयो ।

अतिक्रमण हटाउन अन्य मन्त्रालयसँग समेत समन्वय गरिरहेको मन्त्री भण्डारीको भनाइ थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget