Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्ड सरकार संविधान बिपरित चल्न थाल्योः नेम्वाङ


Subash-Nemwang
विराटनगर,भदौ २४ गते । पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकार संविधानले स्थापित गरेको मान्यता विपरित चल्न थालेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसँगको कुराकानीमा नेता नेम्वाङले अघिल्ला सरकारले गरेको निर्माणहरु एक पछि अर्को उल्टाउँदै सरकार एकलौटी रुपमा अघि वढेको आरोप लगाए ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले सवै काम संविधान र कानुनले स्थापित मान्यता अनुरुप गर्न प्रचण्ड नेतृत्वको सरकारलाई नेम्वाङको सुझाव थियो ।

उनले भने फास्ट ट्र्याक निर्माणको जिम्मा भारतलाई दिने, प्रधानमन्त्री प्रचण्डले संसदमा नयाँ नीति तथा कार्यक्रमको झल्को दिने गरिएको सम्वोधान लगायतका विषयमा सरकारले प्रष्ट गर्नुपर्छ’

उनले सरकारलाई प्रश्न गरे के हिजो नयाँ नीति तथा कार्यक्रम सरकारले ल्याएको हो यदि यो सम्वोधान मार्फत नीति तथा कार्यक्म ल्याएको हो भने कुन संविधानको धारालाई टेकेर ल्याएको होसरकारले प्रष्ट गर्नु पर्छ ।

उनले मधेसी मोर्चाले उठाएको मागलाई सम्वोधन गर्ने वहानामा देश र जनताको हित विपरित संविधान संशोधन कार्य भएपनि आफुहरुलाई मान्य नहुने चेतावनी दिए ।

मधेसी मोर्चाले उठाएको मागलाई छलफल र सम्वादवाट सावधान गर्न सकिने भन्दै नेम्वाङले भने, ‘आवश्यता अनुरुप देश र जनताको हितमा संविधान संशोधन गर्नुपर्छ तर यसमा सवै दलको सहमति आवश्यक छ ।’-ध्रुव भट्टरार्इ,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget