Websoft University

www.radiomakalu.com || 021-522512


माउन्ट मकालु बैंकको १५० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्यो



काठमाडौं,भदौ १६ गते । तेह्रथुमको बसन्तपुरमा मुख्य कार्यालय रहेको माउण्ट मकालु डेभलपमेण्ट बैंकले आजदेखि १ बराबर १.५ अर्थात् १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ ।

बैंकको हकप्रदमा असोज १९ गतेसम्म आवेदन दिन सकिने सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटलले जनाएको छ ।

बैंकले निष्काशन गरेको ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयरका लागि लगानीकर्ताले एनआइबिएल क्यापिटल र बैंकका शखा कार्यालयमार्फत् आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्काशनका लागि बैंकले गत साउन २१ गते बुक क्लोज गरेको थियो । साउन २० गतेसम्म कायम बैंकका शेयर धनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी २ करोड ६० लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको पूँजी ६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget