
नवलपरासी, असोज ५ गते । नवलपरासीमा सम्पन्न प्रथम राष्ट्रिय क्याक म्याराथन प्रतियोगिताको उपाधि तनहँुका सोमबहादुर मगरले हात पारेका छन् ।
मङ्गलबार जुगेडीदेखि नवलपरासीको गैँडाकोट नारायणी तीरसम्मको २० किलोमिटरको दूरीमा भएको प्रतियोगितामा २७ जना खेलाडीलाई पछाडि पार्दै मगरले उपाधि कब्जा गरेका हुन् । उनले निर्धारित दूरी १ घन्टा ३ मिनेट २६ सेकेन्डमा पार गरेका थिए ।
नेपाल ¥याफटिङ एन्ड क्यान्डिङ एसोसियएन नवलपरासीको आयोजनामा नारायणी नदीमा भएको प्रतियोगितामा तनहुँकै खेमबहादुर थापा दोस्रो, चितवनका राजेन्द्र गुरुङ तेस्रो, तनहुँका भरत गुरौं चौथो र चितवनका नवीन गुरुङ पाँचौँ भए । प्रतियोगिताका उत्कृष्ट पाँचजनालाई चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले क्रमशः १५ हजार, १२ हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद र पदक प्रदान गर्नुभएको थियो । रासस
Post a Comment