Websoft University

www.radiomakalu.com || 021-522512


पाकिस्तानी कलाकारलाई प्रतिबन्ध गर्ने भारतीय निर्माताहरुको निर्णय

banned_pak

मुम्बई – भारत र पाकिस्तानबीच पछिल्लो समय देखिएको तनावबीच इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएन (आइएमपीपीए) ले पाकिस्तानी कलाकारहरुलाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

‘आइएमपीपीएको ८७ औं सम्मेलनले चलचित्र निर्माताहरुले कुनै पनि पाकिस्तानी कलाकारहरुलाई अनुबन्ध नगर्ने निर्णय गरेको छ,’ संगठनका अध्यक्ष टिपी अग्रवालले भने ।

भारतीय सेनाले लाइन अफ कन्ट्रोलमा आतंकवादीहरुमाथि कारवाही गरेको खबरसँगै निर्माताहरुले उक्त निर्णय गरेका हुन् ।

संगठनका सदस्य अशोक पण्डितले संगठनले उरी हमलामा ज्यान गुमाएका सदस्यप्रति श्रद्धाञ्जली व्यक्त गरेको बताउँदै देशप्रति संगठनको पनि जिम्मेवारीलाई पूरा गर्दै पाकिस्तानी कलाकारहरुलाई चलचित्रमा नलिने निर्णय गरेको बताए । उनले स्थिति सामान्य नभएसम्म यो निर्णय लागु हुने बताए । ‘हाम्रो लागि देशनै पहिलो प्राथमिकता हो,’ उनले भने ।

विभिन्न राजनीतिक संगठन तथा पार्टीहरुले पाकिस्तानी कलाकारलाई भारतलाई प्रतिबन्ध गर्न र कुनै कार्यक्रममा सहभागी नगराउन माग गरेको थियो ।

गत हप्ता राज ठाकरेको नेतृत्वमा रहेको एमएनसले पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टे अल्टिमेटम दिँदै देश छाड्न चेतावनी दिएको थियो ।

यसैबीच पाकिस्तानी गायकहरु सफकत अमानत अली र आतिफ असलमको बैंगलुरु र गुरगाउमा हुने भनिएको कन्सर्ट रद्द भएको छ भने फवाद खान र अलि जाफर पाकिस्तान फर्किएका छन् ।

संघका अध्यक्ष अग्रवालले उनको नयाँ चलचित्रमा राहत फत्ते अलि खानको ठाउँमा अर्को गायकलाई लिएको खबर छ ।- एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget