Websoft University

www.radiomakalu.com || 021-522512


सातौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट सुरु


7th-National-Game
ताप्लेजुङ,असोज ९ गते । आगामी मंसिर ८ देखि १५ सम्म पूर्वाञ्चलमा हुने तय भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङमा आइतबारदेखि खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।
आइतबार देखि शुक्रबार सम्म चल्ने प्रतियोगितामा बि-भिन्न ९ वटा बिधाका खेलकुदवाट १ सय २७ जना खेलाडी क्षेत्रीय खेलकुदका लागि छनौट हुनेछन् ।
ताप्लेजुङबाट फुटवलमा ३६, भलिवलमा २०, उसुमा १४, एथलेटिक्समा १०, तेक्वान्दोमा १०, सितोरीयो कराँतेमा २१, व्याडमिन्टनमा १०, टेवल टेनिसमा ४ र बुद्वीचालमा २ गरी १ सय २७ जना खेलाडी छनौट हुने जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए । सबै खेलबाट गरी जम्मा ५९ महिला र ६८ पुरुष खेलाडि छनोट हुनेछन् ।
जिल्लाब्यापी छनौट प्रतियोगितामा छानिएका खेलाडीले आगामी कात्तिकमा हुने क्षेत्रीय स्तरको खेलकुद प्रतियोगिता र त्यहाँबाट पनि छनौट भएमा राष्ट्रव्यापी प्रतियोगितामा भाग लिन पाउने बताइएको छ । जिल्लाब्यापी छनौट प्रतियोगितामा छानिएका खेलाडी सँगै १/१ जना टिम म्यानेजर र १/१ जना टिम प्रशिक्षक पनि साथमा रहने कार्यालय प्रमुख पौडेलले बताए ।
भलिबलको क्षेत्रीय प्रतियोगिता भने ताप्लेजुङमै हुने
यसैबीच सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट गरिने क्षेत्रीय भलिवल खेल भने ताप्लेजुङमा हुने भएको छ ।
कातिक २३ गतेदेखि मंसिर ३ गतेसम्म हुने क्षेत्रीय खेल अन्तर्गतको भलिवल खेल भने ताप्लेजुङमा गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए ।
क्षेत्रीय भलिबल खेलमा ताप्लेजुङमा पूर्वका १६ वटा जिल्लाबाट छनोट भएका १६ टिमले भाग लिनेछन् । ताप्लेजुङमा छनोट भएका टोलीले सातौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलको प्रतिनिधित्व गर्नेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget