Websoft University

www.radiomakalu.com || 021-522512


अफगानिस्तानले बंगलादेशलाई मिरपुरमै हरायो


Afghanistan-Vs-Bangladesh
दोस्रो एकदिवसीय क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई उसकै घरेलु मैदानमा हराएको छ । २ विकेटको जितसँगै अफगानिस्तानले तीन म्याचको श्रृखलामा १-१ को बराबरी गरेको छ ।

मिरपुरमा पहिले ब्याटिङ गरेको बंगलादेशले अन्तिम ४ बल खेल्नु अघि सबै विकेट गुमाएर २०८ रन बनायो । उसका लागि मोसादिक हुसेनले ४५ र मुस्पिmकर राहिमले ३८ रन बनाए ।

अफगानिस्तानका रसिद खानले ३ र मोहम्मद नावीले २ विकेट लिए ।

२०९ रनको लक्ष्य लिएर मैदान उत्रिएको पाहुना टोलीले अन्तिम २ बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि स्टानिकजाइले ५७ रन बनाए भने नाबीले ४९ रनको योगदान दिए ।

सकिब अल हसन र मोसादिक हुसेनले २ विकेट लिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget