Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधन गर्न सरकारले स्वेतपत्र जारी गर्नुपर्ने– नेता पाण्डे



खोटाङ, भदौ २८ गते । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

खोटाङस्थित प्रेस चौतारी नेपालले मङ्गलबार दिक्तेलमा आयोजा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको सिमा निर्धारण, वैवाहिक अङ्गीकृत नागरिकतालगायतका विषयमा सत्तारुढ दलको स्पष्ट धारणा नआएको बताउनुभयो ।

एमाले दिक्तेल नगर कमिटिको दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा यहाँ आउनुभएका नेता पाण्डेले भन्नुभयो– “संविधान संशोधन र परिमार्जन गर्न सकिन्छ, यसका विषयमा सरकारकोे ठोस अवधारणा आउनुपर्छ ।”

प्रदेशको सीमाङ्कनका क्रममा सुनसरी र कैलाली फुटाउने÷नफुटाउने, तराई– पहाड अलग गर्ने÷ नगर्ने लगायतका विषयमा सत्तारुढ दलभित्रै विवाद रहेका कारण उनीहरुको एकिकृत संशोधन प्रस्ताव आउन कठिन भएको उहाँले उल्लेख गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget