Websoft University

www.radiomakalu.com || 021-522512


भारतको ५ सय टेष्टमा आईसीसीका पदाधिकारीलाई निम्तो छैन


(बिसीसीआई) र अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी) को झगडा सतहमा आएको छ। जब बिसीसीआईका अध्यक्ष अनुराग ठाकुरले आईसीसीका अध्यक्ष सशांक मनोहरलाई भारतमा क्रिकेटको माहोल बिगार्न सक्रिय भएको आरोप लगाएको भोलिपल्ट भारतले आफूले खेल्न लागेको ५ सय टेष्टमा आईसीसीका कुनै पदाधिकारीलाई निम्तो नदिने खबर सार्वजनिक भएको छ।

न्युजिल्यान्डविरूद्ध कानपुरमा २२ सेप्टेम्बरमा खेलिने पहिलो टेष्ट भारतको ५ सय टेष्ट हुनेछ। न्युजिल्यान्डले भारतमा तीन टेष्टको शृंखला खेल्दैछ।

भारतले ५ सय टेष्ट खेल्न लागेको अवसरलाई बिसीसीआईले अविस्मरणीय बनाउने विशेष कार्यक्रमको आयोजना गर्दैछ। यसको प्रत्यक्षदर्शी बन्न बिसीसीआईले थुप्रै महत्वपूर्ण पदाधिकारीलाई निम्तो पठाउने अभियान सुरु गरिसकेको छ।

तर, भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार निम्तालुहरूमा आईसीसीका अध्यक्ष सशांक मनोहर र प्रमुख कार्यकारी अधिकृत डेभ रिचर्ड्सनको नाम छैन्। सशांक दुईपल्ट बिसीसीआईको अध्यक्ष भइसकेका व्यक्ति पनि हुन्। यो कार्यक्रमको जिम्मा आइपिएलका संयोजक राजीव शुक्लालाई दिइएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget