Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीले विशेष दूतमार्फत चिठी पठाउनु सामान्यः कानूनमन्त्री

ajaya shankar

काठमाडौं भदौ १९ गते । कानुन तथा न्यायमन्त्री अजय शंकर नायकले प्रधानमन्त्री प्रचण्डले विशेष दूतमार्फत छिमेकीलाई चिठी पठाउनु कुनै नौलो विषय नभएको बताएका छन् ।


रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भारत र चीनका लागि पठाइएको विशेष दुतकाबारे कसैले नकारात्मक टिप्पणी गर्न नहुने बताए ।

नेपालका तीनै निकाय भ्रष्टाचारबाट अछुतो नरेको भन्दै मन्त्री नायकले न्यायलयमा भईरहको अनियमिता र भ्रष्टाचार नियन्त्रणमा आफू लागि परेको बताए ।
सरकारले तोकेको समयमा तीनै तहको निर्र्वाचन गर्न लागि परेको र त्यसका लागि तयारी भईहरको भन्दै २०७४ माघ भित्र तीन तहको निर्वाचन नभए देशमा संबैधानिक संकट देखा पर्ने उनले बताए ।
उनले आवश्यक बिधेकहरु संसदमा पेश गर्दै जाने र आवश्कताअनुसार उक्त बिधेकलाई कानुन अनुसार धारण गर्दै जाने समेत सो अवसरमा बताए ।

स्थानिय तह पुर्नसंरचना आयोगलाई बिभिन्न राजनीतिक दलहरुले प्रस्ताव गरेको स्थानिय तहको संख्या ५ सय ६५ मा दलिय सहमती जुट्ने दाबी गर्दै सोही संख्याको सेरोफरोमा रहेर सबै जसो दलहरुले आयोगलाई सुझाव समेत दिएको उनको भनाई छ ।

फरक प्रसंगमा उनले मधेशको मुद्धा केही ब्यक्तिको मात्रै माग नभएर आम मधेशको माग रहेकोले नयाँ सत्ताको गठबन्धन अगावै गरिएको तीन बुँदे सहमतीको कार्यान्वयन गर्न संबिधान संसोधन गर्नु पर्नेमा जोड दिए ।
संबिधान संसोधन गरी मधेशको माग सम्बोधनसँगै निर्वाचनको वाताबरण तय हुने समेत उनको दाबी थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget