Websoft University

www.radiomakalu.com || 021-522512


मेगी आँधीका कारण आएको पहिरोमा परी चीनमा ३३ जना बेपत्ता



बेइजिङ – मेगी नामक समुद्री आँधी कारण भएको भारी वर्षाका कारण आएको पहिरो दुईवटा परेर कम्तिमा ३३ जना हराइरहेको चीनको राष्ट्रिय मिडियाले जनाएको छ ।

यो घटना चीनको पूर्वी भागमा रहेको झेजियाङ प्रान्तमा भएको हो । हराइरहेका मध्ये २७ जना सुकुन गाउँका रहेका छन् । पहिरोमा परेर पूरै गाउँनै बगेको छ । सिन्हुवामा प्रकाशित एउटा भिडियोमा अग्लो पहाडबाट पहिरो खस्दै गरेको देखाइएको छ ।


बुधबारदेखि मेगीका कारण चीनका विभिन्न भागमा भारी वर्षा भएको थियो ।

सिन्ह्वाका अनुसार वेन्चेन काउन्टीको बाओफेङ गाउँका ६ जना हराइरहेका छन् ।

उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी खटाइएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

त्यसक्षेत्रका वासिन्दालाई अन्यत्र सारिएको छ भने १३ जनाको उद्धार गरिएको छ ।


चीनअघि मेगीले ताइवानमा विध्वंस मच्चाएको थियो । त्यहाँ चार जनाको निधन भएको थियो भने ६२५ जना घाइते भएका थिए ।

फुजियानमा पनि एक जनाको मृत्यु भएको बताइएको छ । चीनका विभिन्न भाग जलमग्न बनेको छ भने बाढीका कारण लाखौं मानिस प्रभावित भएका छन् । फुजियनमा मात्र दुई दिनमा ३ सय मिलिमिटर वर्षा भएको थियो ।- रातोपाटी बाट 
_91417580_mediaitem91417575
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget