Websoft University

www.radiomakalu.com || 021-522512


सिक्किमलाई हराउँदै थ्रीस्टार फाइनलमा

Image result for सिक्किमलाई हराउँदै थ्रीस्टार फाइनलमा



काठमाडौँ, असोज १३ गते । नेपालको थ्रीस्टार क्लब भारतको गुवाहाटीमा जारी ६४आँै संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


गुवाहाटीस्थित नेहरु स्टेडियममा बुधबार अबेर राति भएको सेमिफाइनलमा नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले घरेलु टोली युनाइटेड सिक्किमलाई ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

तर अतिरिक्त समयमा थ्री स्टारले थप तीन गोल ग¥यो र फराकिलो जित निकाल्यो । थ्री स्टारका लागि अफ्रिकी खेलाडी मार्टिनले दुई तथा विजय गुरुङ र विजय धिमालले समान एक गोल गरे ।

खेलको मध्यान्तरअघि दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेनन् । मध्यान्तरपछि भने थ्री स्टारले खेलमा उत्कृष्ट पुनरागमन ग¥यो । असिमजङ्ग कार्कीको स्थानमा विजय गुरुङलाई मैदान छिराउने प्रशिक्षक मेघराज केसीको रणनीति सफल देखियो ।

खेलको ६८औँ मिनेटमा मार्टिनले एक्लो प्रयासमा गोलकिपरलाई बिट गर्दै थ्री स्टारको खाता खोले । जित नजिक पुगेको थ्री स्टारको रक्षापङ्क्तिको फाइदा उठाउँदै खेल सकिन २ मिनेटअघि सिक्किमका सोनाम छिरिङले बराबरी गोल फर्काए ।

त्यसपछि पनि धेरै अवसर सिर्जना गरेपनि थ्री स्टारले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । तीस मिनेट थपिएको अतिरिक्त समयको खेल थ्री स्टारले पूर्ण रुपमा आफ्नो पक्षमा राख्यो । खेल सुरु भएको पाचाँै मिनेटमा नै मार्टिनले पुनः थ्री स्टारलाई अग्रता दिलाए ।

त्यसको छ मिनेटपछि सिक्किमका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा विजय धिमालले गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा सुनिल बलको क्रसलाई उपयोग गर्दै विजय गुरुङले थ्री स्टारका लागि चौथो गोल थपे र जित थप मजबुत बनाए ।

उपाधि भिडन्तका लागि फाइनलमा अब थ्री स्टारले भारतको इस्ट बङ्गालसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार नै भएको खेलमा इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टारसँग उपाधि भिडन्त पक्का गरेको हो । फाइनल शुक्रबार हुनेछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget