Websoft University

www.radiomakalu.com || 021-522512


युरोपको उत्कृष्ट खेलाडीको अन्तिम तीन सूचीमा मेस्सी परेनन्, को-को परे ?

Leonal-Messi

काठमाडौं, साउन २२ गते । लिओनल मेस्सी युरोपको उत्कृष्ट खेलाडीको अन्तिम तीनमा पर्न असफल भएका छन् ।

यूइएफले सार्वजनिक गरेको अन्तिम तीनको सूचीमा क्रिष्टियानो रोनाल्डोसँगै ग्यारेथ बल र एन्टोनी ग्रिजम्यान छन् ।

अगष्ट २५ मा फ्रान्सको मानोकोमा हुने च्याम्पियन्स लिगको ड्र सार्वजनिक गर्ने क्रममा विजेताको घोषणा गरिनेछ ।

यो पटक रोनाल्डोलाई दाबोदारको रुपमा हेरिएको छ । उनले पोर्चुगललाई युरोकप जिताए भने रियल मड्रिडबाट च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।

गत सिजनको युरोपको उत्कृष्ट खेलाडी बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी यो पटक पाँचौ स्थानमा रहे । उनलाई क्लबका टिममेट लुइस स्वरेजले उछिनेका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget