काठमाडौं,साउन १९ गते ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशी मोर्चा कांग्रेस–माओवादीबीच भएको सहमति पूरानै सरकारको जीत रहेको जिकिर गरेका छन् ।

उनले बहुमतका साथ प्रचण्ड निर्वाचित भएकोमा बधाइ समेत दिए । उनले भने, ‘चुनौतिपूर्ण घडी र कठिन पृष्ठभूमिमा प्रधानमन्त्रीको जिम्मा लिनुभएको छ । म कार्यकालको सफलताको कामना गर्दछु । संविधानको कार्यन्वयन, भूकम्पपछिको पुनः निर्माण र आर्थिक विकासमा सरकारले काम गरोस् ।’
उनले राप्रपा नेपाल जिम्मेवार र रचनात्मक प्रतिपक्षमा सरकारमा रहनेर गुण र दोषका आधारमा हाम्रो भूमिका रहने जानकारी दिए ।-रातोपाटीबाट
Post a Comment