Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डसँग रिसाए माओवादीका महिला सांसद

'राज्यमन्त्री' मात्रै बनाइएको विरोधमा बेग्लै भेला
काठमाडौं, साउन ३० गते । सरकारमा पठाउने मन्त्रीहरुको विषयलाई लिएर माओवादी केन्द्रभित्र विवाद देखिएको छ । राज्यका हरेक निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्नेमा महिलालाई क्याबिनेट मन्त्री नबनाइएको भन्दै माओवादीकै महिला सांसदहरुले आइतबार सिंहदरबारमा छुट्टै भेलाको आयोजना गरे ।

सिंहदरबारमा छुट्टै भेलाको आयोजना गरेर माओवादी महिला सांसदहरुले क्याबिनेट मन्त्री नपाएसम्म राज्यमन्त्रीको सपथ नखान प्रस्तावित राज्यमन्त्रीलाई आग्रहसमेत गरेका छन् । भेलाबारे जानकारी दिँदै माओवादीकी एक नेतृले अनलाइनखबरसँग भनिन्- ‘हामीले राधिका तामाङ र धनमाया बिकलाई राज्यमन्त्रीको सपथग्रहण नगर्न भनेका छौं, उहाँहरुले विचार गरौंला भन्नुभएको छ ।’

महिलालाई राज्यमन्त्री मात्रै बनाउने निर्णयबारे आफूहरुले प्रधानमन्त्रीलाई भेट गर्न खोज्दा पनि समय नपाएको एक माओवादी सांसदले अनलाइनखबरलाई बताइन् । ‘प्रधानमन्त्रीले हामीलाई समय दिन सक्नुभएन, भोलिसम्म भेटेर यस विषयमा हामीले आपत्ति जनाउने छौं,’ उनले भनिन्, ‘राज्यका हरेक निकायमा समावेशी गरिनुपर्नेमा क्याबिनेटमा एकजना पनि महिला नपारिनु आपत्तिजनक विषय हो ।’

प्रधानमन्त्री प्रचण्डले आइतबार सरकार विस्तार गर्न लागेका छन् । पाँचमन्त्री र चार राज्यमन्त्रीले शीतलनिवासमा सपथग्रहण गर्ने कार्यक्रम छ । तर, सरकार विस्तारका क्रममा प्रधानमन्त्रीले महिलालाई राज्यमन्त्री मात्रै बनाउने निर्णय गरेपछि माओवादी पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।

यसैवीच माओवादीका करिब एक दर्जन महिला सांसदहरु सपथ ग्रहण समारोहमा शीतलनिवास नगई सिंहदरबारमै बसेका छन् ।

असन्तुष्ट महिला सांसदहरुको भेलामा पूर्वमन्त्रीहरु रेखा शर्मा, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत र गणेशमान पुनसमेत सहभागी थिए । उनीहरुले असन्तुष्ट महिला सांसदहरुको माग जायज भएको बताएका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget