Websoft University

www.radiomakalu.com || 021-522512


क्यान्सरलाई जितेका सान्टियागो जसले रियोमा पनि स्वर्ण जिते


Arjentiine-Olympine
काठमाडौं,भदौ १ गते । गत बर्ष क्यान्सरका कारण फोक्सोको एक भाग गुमाएका अर्जेन्टिनी सेलर (डुंगादौड) खेलाडी सान्टियागो लाङले सेसिलिया कारान्जासँग मिलेर रियो ओलम्पिकमा स्वर्ण जितेका छन् ।

छैटौं पटक ओलम्पिक खेलिरहेका ५४ बर्षीया यी चालक जो प्रतियोगितामा यस स्पर्धाका सबैभन्दा पाका खेलाडी हुन्, उनले नाक्रा १७ मिक्स्ड इभेन्टमा स्वर्ण जितेका हुन् ।

आफुलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेपछि सन् २०१५ मा उनले डाइग्नोसिस गराएका थिए र सुरुवाती चरणमै उपचार सुरु गरेकाले उनी निको भएर खेलमा फर्कन सके ।

‘सायद यदि मैले यति धेरै यात्रा नगरेको भए र थाकेको भए मैले त्यो सफलता भेट्ने थिइनँ, त्यसैले यसमानेमा म आफुलाई निक्कै भाग्यमानी ठान्छु ।’ सान्टियागोले भने ।

मेरो दर्शन र जो मैले खेलको माध्यमबाट सिकेँ त्यसले मलाई धेरै सहयोग गर्‍यो । सान्टियानो र उनको टिममेट कार्लोस स्पिनोलाले सन् २००४ र २००८ को ओलम्पिकमा पनि काश्य पदक जितेको थियो ।

उनका छोराहरु यागो र क्लाउसपनि सेलरकै ४९अर स्किफ क्लास स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

सान्टियागो र सारोलीभन्दा पछि रहेर अष्ट्रेलियाले रजत र अष्ट्रियाले यस स्पर्धामा काश्य जिते ।-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget