Websoft University

www.radiomakalu.com || 021-522512


ध्यानमा प्रहरी


नेपाल प्रहरी प्रतिष्ठान महाराजगंज पुग्दा ३ सय जना उच्च पदस्थ प्रहरी हरु ध्यानस्थ मुद्रामा देखिए। नेपाल प्रहरी प्रतिष्ठानले आयोजना गरेको साढे दुइ घण्टा लामो अध्यात्म, सत्कर्म तथा प्रहरी सेवा नामक कार्यशालामा उपस्थित प्रहरी निकै खुसी थिए।

ओशो तपोबन का बोधिसत्त्व स्वामी आनन्द अरुण द्वारा संचालित उक्त कार्यशालामा प्रवचन एवं ध्यानका संचिप्त विधि हरुको प्रयोग गरिएको थियो।

विश्व ब्यापी रुपमा तनाव व्यवस्थापनका लागि आध्यात्म तथा ध्यान तर्फ बढ्दो आकर्षणको परिपेक्षमा नेपाल प्रहरीले आयोजना गरेको सो कार्यशाला वास्तवमै उदाहरणीय र अनुशरण योग्य रहेको कुरा स्वामी आनन्द अरुणले बताए।

प्यासिफिक विश्वविद्यालय, अमेरिकामा गोएर्लिन तथा माइकल क्रिस्टोफरले ४७ जना प्रहरीलाइ ८ हप्ताको माइण्ड फुलनेसको प्रयोग गराएका थिए। सो प्रयोगमा सहभागी प्रहरी अधिकृतहरुले आफ्नो तनावको स्तर अप्रत्याशित रुपमा न्यून भएको र सामान्य मानसिक र शारीरिक स्वास्थ्यमा पनि सुधार भएको जनाएका थिए।

सोहि उदाहरण दिँदै स्वामी आनन्द अरुणले प्रहरी सेवा एक अत्यन्त सम्वेदनशील र मर्यादित पेशा रहेको हुनाले तनाव व्यवस्थापन गर्न योग गर्नुपर्ने बताए।

ध्यान तनाव व्यवस्थापनका साथै सुखी र शान्त जीवनको कुंजी भएको कुरा विज्ञानले पनि पुष्टि गरिसकेको हुनाले यस किसिमका कार्यशालालाइ देशव्यापी रुपमा बढाउनु पर्ने प्रहरी प्रतिष्ठानका महानिर्देशक एआइजी सुरेन्द्र बहादुर शाहले बताए। ​-सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget