Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा नेपालको आरोप : एकता भाँडिनुमा भारतीय राजदूत रञ्जीत रेको प्रभाव छ



पार्टी एकता रोकिनुको कारण

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकताका विषयमा लामो समयदेखि हामी सैद्धान्तिक र सङ्गठनिकलगायत सबै कुरा मिलाउने गरी छलफल गरिरहेका थियौँ । सबै विषयमा सहमती भएको थियो र त्यसकै आधारमा हामीले राष्ट्रियसभा गृहमा साउन २५ गते मङ्गलबार दिउँसो १ बजेलाई पार्टी एकता घोषणा गर्ने तयारी गरेका थियौँ । पार्टी एकता सभाका लागि देशभरीबाट पार्टीका नेता कार्यकर्ताहरु काठमाडौँ पुग्दै थिए । दुवै पार्टीबाट घोषणा सभामा बोल्ने वक्तव्य तयार भएको थियो । तर हामीले एकता हुनु एक दिन अगावै अर्थात् सोमबार साँझ राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले विज्ञप्ती निकालेर आफ्नो पार्टीका नेता कार्यकर्तालाई पार्टी एकता घोषणा सभामा सहभागी नहुन आग्रह गरेको हामीले देख्यौँ । रातारात आएको त्यस्तो विज्ञप्तीले हामीलाई पनि अचम्मित पारेको छ ।


विज्ञप्तीपछि सोमबार साँझ नै उहाँको पार्टीबाट दीपक बोहरा र विक्रम पाण्डेले विनाविभागीय मन्त्रीको शपथसमेत लिएको हामीले समाचार सुन्यौँ । यो कार्य हामीबीच भएको सहमती विपरीत थियो । दुई पार्टीका अध्यक्षबीच पहिले पार्टी एकता गर्ने, त्यसपछि पार्टीले सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्ने सहमती बनेको थियो । त्यो उहाँहरुले पालना गर्नु भएन, तोड्नु भो, पार्टी एकाताभन्दा सरकारलाई पढी प्राथमिकता दिनु भयो । यसले पार्टी एकतालाई अवरोध गरेको हो । यस विषयमा हामी अत्यन्त गम्भीर भएर छलफल गरिरहेका छौँ । हामीले एकता रोकिनुका केही कारण किटान गरेका छौँ ।

१. राप्रपा अध्यक्षले पार्टी एकताको सहमतीय भावना विपरीत गएर अकस्मात सरकारमा जाने निर्णय गर्नु । उहाँ पार्टी एकता भन्दा सरकारमा सहभागीताको विषयलाई बढी महत्व दिएकाले एकता रोकिएको हो । जब राप्रपा नेपाल यति बेला सरकारमा जानै हुँदैन भन्ने पक्षमा थियो । तर उहाँहरु जहिले पनि सरकारमा जाऊँ र पार्टी एकता पनि गरौँ भन्ने पक्षमा हुनुहुन्थ्यो । अत्यमा त्यही गर्नु भयो ।

२. राप्रपाले एकताको विषयमा हामीले देखाएको लचकता र गरेका सहमतीहरुको अपमान गरेको छ । रातारात सहमती तोडेको छ ।

३. विधानको कुरामा हामीले पछि मिलाउने भनेका थियौँ । यतिबेला राप्रपा अध्यक्षले विधान नमिलेका कारण पार्टी एकता भएन भन्नु भएको रहेछ, तर वास्तवमा हामीले के भनेका थियौँ भने तपाईंहरुकै पार्टीको विधान ल्याउनुस हामी मान्न तयार छौँ । तर उहाँहरुले हाम्रो कुरा खै किन पत्याउनु भएन र यस्तो तर्क गर्नुभएको छ ।


सहमतीअनुसार अघि बढ्ने र पार्टी एकताको घोषणा गर्ने तयारी भएको थियो । पशुपति शमशेर राणा भारत जानुभएको थियो । हामीले उहाँ फर्किएलगत्तै एकता गर्ने भनेका थियौँ । तर जब उहाँ नेपाल फर्किनुभयो, अकस्मात कसैले नसोचेको काम गरेर आफ्नो पार्टीबाट दुई जनालाई सरकारमा पठाउनुभयो । यसबाट के प्रष्ट हुन्छ भने हाम्रो पार्टी एकता भारतले चाहेको छैन ।

४. उहाँहरुले गणतन्त्र र हामीले राजतन्त्रको एजेन्डा बोक्ने कुराले पनि एकता प्रकृयामा लामो समय विवाद भएको थियो । हामीले यो विषय पनि एकता प्रकृयापछि पार्टीको विधानमै प्रष्ट उल्लेख गरेर जाने भनेका थियौँ र यो विषयमा पछि मिलाउने सहमती भएको थियो । तर उहाँहले पहिले नै गणतन्त्रको पक्षमा जानुपर्ने कुराको दाबी गरिरहनुभएको थियो ।

५. बाह्य शक्तिको प्रभाव– सहमतीअनुसार अघि बढ्ने र पार्टी एकताको घोषणा गर्ने तयारी भएको थियो । पशुपति शमशेर राणा भारत जानुभएको थियो । हामीले उहाँ फर्किएलगत्तै एकता गर्ने भनेका थियौँ । तर जब उहाँ नेपाल फर्किनुभयो, अकस्मात कसैले नसोचेको काम गरेर आफ्नो पार्टीबाट दुई जनालाई सरकारमा पठाउनुभयो । यसबाट के प्रष्ट हुन्छ भने हाम्रो पार्टी एकता भारतले चाहेको छैन । हामीलाई एकता रोक्नुमा बाह्य शक्तिको हात रहेको स्पष्ट देखिएको छ ।



राजदूतसँगको भेटपछि सरकारमा जाने निर्णय

राप्रपा अध्यक्ष पशुपति शमशेर राणा भारतबाट आउने बित्तिकै पहिलेका निर्णयहरु बदलेको देखिन्छ । उहाँले सरकारमा जाने निर्णय गर्नु पूर्वसन्ध्यामा भारतीय राजदूत रञ्जीत रेले उहाँको निवासमै गएर भेटेका हुन् । उहाँहरुबीच जुन कुरा भए त्यसैको प्रभावमा परेर नै सरकारमा दुई जना मन्त्रीलाई कुनै विभाग नै नतोकी शपथ खुवाएको प्रष्ट देखिन्छ । भारतीय राजदूतसँगको भेटले उहाँलाई पार्टी एकता भन्दा सरकारमा जानैपर्ने कस्तो बाध्यता गरायो । हामीलाई अचम्म लागेको छ । पार्टीको लाखौँ कार्यकर्ताको एकताको चाहनाभन्दा उहाँ बाह्य शक्तिकेन्द्रबाट प्रभावित भएर एकतालाई लत्याउनु भयो । यसमा भारतको हात छ भन्ने प्रष्ट छ ।

हामी ओली सरकारमा हुँदादेखि नै भारतले सरकार परिवर्तन चाहिरहेको थियो । उसले विभिन्न ढङ्गले आफ्नो चाहनालाई प्रस्तुत गरिरहेको थियो । जब सरकारबाट प्रचण्डजी बाहिरिनुभयो र काङ्ग्रेस–माओवादीबीच सरकार गठनको अभ्यास भयो । त्यतिबेलैबाट बाह्य शक्तिले सरकार गठनमा चलखेल गरेको थियो । ओली सरकारमा अविश्वासको प्रस्तावका पक्षमा उहाँहरु उभिनु भयो । हामी विपक्षमा थियौँ । पार्टी एकताको निर्णय गर्नु भयो र भारत दगुर्नुभयो । हामी एकता सभाको तयारीमा थियौँ । नेपाल आउनुभयो । रञ्जीत रेलाई भेट्नु भयो र लगत्तै सरकारमा जानु भयो, हामी अचम्ममा छौँ । यी सबै घटना क्रमले भारतलगायत अन्य देशी विदेशी शक्तिकेन्द्रले हाम्रो एकता रोक्न चाहेको देखाएको छ ।


पार्टी एकताका विषयमा कुरा गर्नका लागि राप्रपाबाट बुद्धिमान तामाङको नेतृत्वमा र हाम्रोतर्फबाट मेरो नेतृत्वमा कमिटी गठन भएको थियो । हामीले धेरै दिनदेखि निकैै नै मिहिनेत गरेर ८ बुँदे सहमती गरेर एकता अन्तिम चरणमा पुर्याएका थियौँ ।

यतिबेला सरकार बनाउने पक्षलाई पनि केही संसदको सङ्ख्या आफ्नो पक्षमा बढाएर मात्रै सरकारको सुनिश्चितता गर्न सकिन्छ भन्ने थियो । साथै दुई पार्टीको एकता भएमा आगामी निर्वाचन परिणाम फरक हुन सक्ने केही पार्टीलाई डर थियो । यी सबै कारणले नयाँ खालको अवस्थामा हामीलाई पुर्याएको छ ।

पार्टी एकताका विषयका सहमती

पार्टी एकताका विषयमा कुरा गर्नका लागि राप्रपाबाट बुद्धिमान तामाङको नेतृत्वमा र हाम्रोतर्फबाट मेरो नेतृत्वमा कमिटी गठन भएको थियो । हामीले धेरै दिनदेखि निकैै नै मिहिनेत गरेर ८ बुँदे सहमती गरेर एकता अन्तिम चरणमा पुर्याएका थियौँ । हामीले पार्टीको अध्यक्ष कमल थापा हुने र राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा हुने, राष्ट्रिय अध्यक्षको नेतृत्वमा एउटा लिडर समिति गठन गर्ने नेतृत्व गर्ने । लिडर समितिले पार्टीको महत्वपूर्ण निर्णयहरु लिने, जस्तै मन्त्रीपरिषद, राजनीतिक नियुक्तिहरु, पार्टीको पदहरुमा निर्णय गर्ने सहमति भएको थियो ।

पार्टीको नाम राप्रपा हुने र झण्डा राप्रपा नेपालको हुने भनिएको थियो । उहाँहरु गणतन्त्रको पक्षमा उभिनुभएको थियो । हामीहरु राजतन्त्रको कित्तामा थियौँ । पार्टीको सैद्धान्तिक पक्ष कस्तो हुने ? विधान के कस्तो बन्ने ? भन्ने विषयमा केही मतभेद थिए । तथापि हामीले पार्टीको एकतापछि यी विवादित सबै कुरा मिलाउने विषयमा निर्णय गरेका थियौँ ।

अब एकताको सम्भावना

उहाँले के भन्नु भयोभन्दा पनि के गर्नुभयो भन्ने कुराले बढी महत्व राख्दछ । उहाँले जे गर्नुभएको छ, त्यो नितान्त पार्टी एकताको खिलाप छ । पार्टी अहितका लागि गर्नुभएको छ । लाखौँ नेता कार्यकर्ताको भावनाको विपरीत गर्नुभएको छ । तसर्थ कसैको दबाबमा आएर गरिएको उहाँको निर्णय पश्चात अब अहिलेलाई उहाँहरुसँग पार्टी एकताको सम्भावना अत्य भएको छ ।

उहाँहरुसँग लिखित सहमतीको ठेगान नभएको बेला सञ्चार माध्यमसँग बोलेको कुरालाई कसरी विश्वास गर्ने ? उहाँहरुसँग विश्वास गर्ने आधार रहेनन, हामीले एकीकरणको अध्याय यहीँबाट सकिएको बताएका छौँ । अब हामी आन्तरिक पार्टी सुदृढीकरण र सशक्त बनाउने दिशामा अग्रसर हुन्छौँ ।

हामी सरकारमा जाँदैनौँ

हामीले पहिलेदेखि भन्दै आएको छौँ, हामी यतिबेला सरकारमा सहभागी हुने सम्भावना विल्कुल छैन । यो सरकार राष्ट्रियताको पक्षमा रहेको ओली नेतृत्वको सरकार हटाएर आएको हो । सरकार गठन प्रक्रियादेखि नै हामी सरकारका विपक्षमा उभिँदै आएका छौँ । हामी सरकारमा जानेभन्दा पनि पार्टीलाई बलियो बनाउनेतर्फ सोचिराखेका छौँ । त्यही कारण पार्टी एकताको विषयमा लागेका थियौँ ।

चुनाव हाम्रो सुरुदेखिकै माग हो

चुनाव हाम्रो सुरुदेखिकै माग हो । चुनावमा पार्टी एकता गरेर बलियो रुपमा प्रस्तुत हुने सोचकै कारण हामी धेरै हदसम्म लचक भएरै एकता प्रक्रिया सम्पन्न गर्न चाहेका थियौँ तर त्यो नभएपछि हामी एक्लै चुनावमा जाने तयारी गरेका छौँ । देशभरीका पार्टी नेता कार्यकर्ताबीच चुनावको तयारी, भेला, छलफलमा हामी छिट्टै गर्दै छौँ ।

हामी पाटी र सङ्गठन बलियो बनाउनेतर्फ लागेका छौँ । राप्रपा नेपालमा राप्रपाबाट र अन्य पार्टीबाट आउने सङ्केत देखिएको छ । पार्टी एकता नभए पनि आगामी चुनावमा तेस्रो ठूलो पार्टी बनाउँछौँ । हामी अब पार्टीलाई पूरै चुनावी तयारीमा लैजाने सोचिरहेका छौँ ।

हामीले आफ्ना मुद्दाहरु हिन्दु राष्ट्र, राजतन्त्र सबै बोकिरहेका छौँ । यही एजेन्डालाई समर्थन गरेर नेपाली जनताले संविधान सभाको चुनावमा हामीलाई राष्ट्रको चौथो ठूलो पार्टी बनाउनुभएको थियो । अब जनताले हामीलाई तेस्रो पार्टी बनाउन मतदान गर्नुहुन्छ । हामीले गणतन्त्र स्वीकार गरेर सरकारमा सहभागी भयौँ । यसको अर्थ हाम्रा एजेन्डा छाडेर गएका हाइनौँ । संविधानमा कुनै पनि बुँद अपरिवर्तनीय भनेको छैन । जनताले चाहेभने संविधानमार्फत पुनः राजतन्त्र ल्याउन पनि सकिन्छ ।

(लोकराज जैसीसँगको कुराकानीमा आधारित)-रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget