Websoft University

www.radiomakalu.com || 021-522512


माओवादीको महाधिवेशन सर्ने

maobadi

काठमाडौँ, साउन २९ गते । नेकपा (माओवादी) केन्द्रले आगामी भदौ ११ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाउने भएको छ । शुक्रबार केन्द्रीय कार्यालयको बैठकले पुसका लागि तोकिएको अधिवेशन सार्नसक्ने सङ्केत गर्दै आयोजक समितिको बैठक बोलाएको हो ।
प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको बैठकले राजधानीमा बैठक बोलाउने निर्णय गरेको हो । माओवादीले पटकपटक विस्तार गरेर आयोजक समितिको सङ्ख्या करिब दुई हजार पाँच सय पु¥याएको छ । बैठक स्रोतका अनुसार यसअघि आगामी पुसका लागि तय गरिएको अधिवेशन सारेर अर्को मितिमा गर्ने गरी बैठक बोलाइएको हो ।
यसअघि माओवादीले पुस २३ देखि महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारको नेतृत्व गर्नु परेको तथा नयाँ राजनीतिक परिस्थितिमा तल्लो तहसम्म नयाँ साङ्गठनिक संरचनाअनुसार नेतृत्व चयन गर्नुपर्ने भएकाले केन्द्रको अधिवेशन निर्धारित मितिमा हुन नसक्ने नेताहरूको बुझाइ छ ।
बैठकका सहभागी नेता लोकेन्द्र विष्ट मगरका अनुसार बैठकमा स्थानीय निकायको पुनःसंरचना गर्न बनेको आयोगले पेस गरेको प्रारम्भिक प्रतिवेदनका बारेमा पनि छलफल भएको थियो । “यो मुख्य विषय त बनेन तर यसबारे सबै दलबाट विरोध भइरहेकोबारे साथीहरूले कुरा उठाउनुभयो”, विष्टले भन्नुभयो, “ यसबारे अन्य दलसँग छलफल गर्ने भन्ने भयो, खास निर्णय केही भएन । ”
पार्टीको तर्फबाट वर्तमान सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने विषयमा पनि बैठकमा खास छलफल नभएको बताइएको छ । “यसबारे अघिल्लो बैठकले नै अध्यक्षलाई निर्णय गर्ने अधिकार दिइसकेको छ”, विष्टले भन्नुभयो, “उहाँले उपयुक्त समयमा मन्त्रीहरूको टुङ्गो लगाउनुहुनेछ । ”

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget