Websoft University

www.radiomakalu.com || 021-522512


जेसे रोड्रिगुइज पिएसजीमा अनुबन्धित


Jeseस्पेनिस विंगर जेसे रोड्रिगुइज फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मीनसँग आवद्ध भएका छन् । रियल मडि्रड र पेरिस सेन्टबीच जेसेका लागि २५ मिलियन पाउण्डमा सम्झौता भएको छ ।

पिएसजीले केहि सातादेखि जेसेप्रति आकर्षित थियो । प्रशिक्षक उनाइ एमरेले उनलाई अनुबन्ध गराउन सन् २०१३ मा सेभिया हुँदादेखिनै लागिपरेका थिए ।

जेसेसँगको अनुबन्धसँगै क्लवका लागि समर ट्रान्सफर अवधि सकिएको छ । उनका लागि पिएसजीले २५ मिलियन पाउण्ड तिरेको छ । उनको कागजी प्रक्रिया र स्वास्थ्य परिक्षण सुरु भइसकेको छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानेले पनि उनलाई सुरुवाती टोलीमा स्थान पाउने क्लवमा जान सुझाएका थिए । युरो २०१६ मा स्पेनिस टोलीमा स्थान बनाउन असमर्थ २३ बर्षीय जेसेलाई यसअघि रियलले लोनमा पठाउन लागेको चर्चा चलेको थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget