Websoft University

www.radiomakalu.com || 021-522512


रियो ओलम्पिकमा डाइभिङ पुलको रंग निलो बनाइयो

rio-olympic-swimming

रियो ओलम्पिकमा पौडी अन्तर्गत डाइभिङ पुलमा देखिएको हरियो रंगको पानी बुधबारदेखि निलो बनाइएको छ । मंगलबारको प्रतियोगिताको क्रममा हरियो रंगको पुलमा गुनासाे अाएपछि आयोजकले गल्ति सुधार्दै निलो रंगको बनाएको हो ।

मंगलबार भएको १० मिटर सिंक्रोनाइज इभेन्टका क्रममा पुलको रंग चम्किलो हरियो थियो । जसका कारण खेलाडीहरुले पानीभित्र आफ्ना साथी देख्न नसकेको गुनासो गरेका थिए ।

पानीमा जादुयी छायाँ देखिएको थियो जुन निलो रंगको भन्दा बिल्कुल फरक देखिएको थियो । विश्वभर टेलिभिजन हेरिरहेका समर्थकले पनि हरियो पुल देखेपनि अचम्भित भएका थिए । उनीहरुले सामाजिक सञ्जालमा आयोजनको हर्कतमाथि व्यंग्यसमेत गरेका थिए ।

इन्टरनेशनल स्विमिङ फेडेरेसन -फिना) ले पानीमा केमिकलको मात्र पर्याप्त नरहेकाले यस्तो भएको प्रष्टिकरण दिएको छ ।

फिनाले बिज्ञप्ति जारी गर्दै भनेको छ कि ‘हामीले पानीमा किन असामान्य रंग देखियो भन्ने पुष्टि गरेका छौं । कारण यो हो कि पानीको ट्यांकीमा हालिएको रसायनको केहि भाग बाहिर पर्‍यो र यस्तो भयो ।’

आयोजकले भने मारिया लेन्क एक्वाटिक सेन्टरको डाइभिङ पुलमा नियमित परिक्षणपछि खेल खेलाइएको र यहाँ पानीको गुणस्तरका ठीक भएको र खेलाडीको स्वास्थ्यमा कुनै असर नगर्ने दावी गरेको छ ।

‘पानीमा क्षारको मात्रामा अचानक कमी आयो’ ओलम्पिकका खेल प्रवक्ता मारियो आन्द्राडाले भने, ‘सायद हामी खेलाडीहरुलाई यसबारेमा पहिल्यै जानकारी गराउन असफल भयौं ।’-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget