Websoft University

www.radiomakalu.com || 021-522512


लन्डनमा छुरा प्रहार हुँदा एक महिलाको मृत्यु, ५ घाइते

_90668522_mediaitem90668441 (1)

लन्डन–लन्डनको रसलस्क्वायर छुरा प्रहार हुँदा एक जना महिलाको मृत्यु भएको छ भने पाँच जना अन्य घाइते भएका छन् ।

छुरा प्रहारबाट सशक्त घाइते भएकी ६० वर्षीया महिलाको घटनास्थलमै उपचारको क्रममा उनलई मृत घोषित गरिएको हो ।

बुधबार स्थानीय समयअनुसार राति १० बजेर ३३ मिनेट जाँदा प्रहरीलाई एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरेको खबर प्राप्त भएको थियो ।

घटनामा १९ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको र यो आतंकवादी हमला हो या होइन भन्ने बेलायतको काउन्टर टेरोरिजम युनिटले अध्ययन गरिरहेको छ ।

बेलायतलाई आतंकवादीले निसाना बनाउन खोजेको विभिन्न रिपोर्ट यसअघि सावजनिक भएको थियो ।-रातोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget