काठमाडौं,साउन १८ गते । नयाँ सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा अन्तिम निर्णय लिन राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।
सिंहदरबारस्थित संसद सचिवालय काठ घर नम्बर –२ मा बुधबार दिउँसो १ बजे संयुक्त बैठक बोलाइएको पार्टी प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए ।
राप्रपा नेपालले आफ्नो पार्टी प्रतिपक्षमै बस्ने बताउँदै आएपनि एकीकरणको प्रक्रियामा रहेको राप्रपाले कांग्रेस–माओवादी गठबन्धनका उम्मेद्वारलाई समर्थन गर्ने बताएपछि अप्ठेरोमा परेको छ ।
एकता प्रक्रियाको माहोलसँग समेत जोडिएको हुनाले आजको बैठक अर्थपूर्ण रहेको बुझिएको छ ।-रातोपाटीबाट

Post a Comment