Websoft University

www.radiomakalu.com || 021-522512


नेम्वाङले भने–पहिला म सुवास नेम्बाङ त्यसपछि मात्र जनजाति



काठमाडौ,साउन १८ गते । एमालेबाट प्रधानमन्त्री पदमा सुवास नेवाङको उम्मेद्वारी चर्चामा रहेपनि पार्टीले उम्मेदार नबनाउने निर्णय गरेको छ । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीबाट उम्मेद्वार खडा नगर्ने तर विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

बैठकपछि ‘तपाईँलाई प्रधानमन्त्रीको उम्मेदवार किन बनाइएन’ भनि जिज्ञासा राख्दा पूर्वसभामुख समेत रहेका नेवाङले पार्टीको निर्णय नै प्रधानमन्त्रीको उम्मेद्वार नबनाउने भएको बताए ।

‘प्रधानमन्त्रीको उम्मेदवार मलाई पार्टीले होइन, सञ्चारमाध्यमले बनाएको थियो,’ उनले भने, ‘मैले हिजै नै सञ्चारमाध्यमका साथीलाई भनेका थिए कि पार्टीका आधिकारीक निर्णय नआएसम्म केही भन्न मिल्दैन तर मिडियामा आयो । आज पार्टीले जे निर्णय गरेको छ त्यही नै हो । प्रचण्डको विपक्षमा मतदान गर्ने र विपक्षिको भूमिकामा बस्ने निर्णय भएको हा ।’

तर सामाजिक सञ्जालमा नेम्वाङ्लाई जनजाति भएकै कारणले प्रधानमन्त्रीको उम्मेदवार नबनाइएको टिप्पणीहरु समेत भइरहेको छ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले हार्नका लागि पनि नेम्वाङ उम्मेदवारी दिन तयार रहेको तर एकपटक प्रधानमन्त्रीको उम्मेदवार भइसकेपछि अर्को पटक पनि दावी रहने तथा जनजातिलाई कहिले पनि प्रधानमन्त्रीका रुपमा हेर्न नचाहने जानेर नै एमालेले यस्तो निर्णय गरेको टिप्पणी गरे ।
त्यस्तै संघीय समाजवादी फोरम नेपालका नेता अभिषेक प्रताप शाहले पनि नेम्वाङलाई जनजाति भएको कारणले प्रधानमन्त्रीको उम्मेदवार नबनाएको टिप्पणी गरे ।

यस विषयमा नेम्वाङसँग जिज्ञासा राख्दा उनले भने, ‘सबभन्दा पहिले म सुवास नेम्वाङ हो, अनि जनजाति । त्यसैले पार्टीले गरेको निर्णय सर्वस्वीकार्य छ ।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget