Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयनको दायित्व नयाँ पुस्ताकोः सभामुख घर्ती

दर खाने कार्यक्रममा सभामुखले सम्झिइन् बन्दुक बोकेका कुराOnsari-Gharti
काठमाडौं, भदौ ७ गते । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्ने दायित्व नयाँ पुस्ताको भएको बताएकी छन् । संविधान सभाबाट जारी संविधान विगतमा आफूहरुले बन्दुक बोकेर प्राप्त भएको उपलब्धी हो भन्दै उनले अब त्यसको कार्यान्वयन गर्नुपर्ने बताइन् ।

अखिल क्रान्तिकारीले मंगलबार राजधानीको पद्मकन्या क्याम्पसमा आयोजना गरेको तिज विशेष कार्यक्रममा सभामुख घर्तीले भनिन्, ‘महिला उत्पिडनका विरुद्ध हिजो हामीले बन्दुक उठायौं, अब संविधान कार्यान्वयन गर्ने दायित्व नयाँ पुस्ताको हो ।’

तत्कालीन माओवादी नेतृ घर्तीले परम्परागत पितृसत्तात्मक सत्ताले महिलामाथि उत्पिडन गरेकाले आफूहरु विगतमा बन्दुक बोक्न बाध्य भएको स्मरण गरिन् ।

आर्थिक अधिकार विनाको अधिकार खोक्रो हुने बताउँदै सभामुख घर्तीले भनिन्, ‘नेपालका सबै छोरीहरुले आफ्ना बुवासँग आर्थिक अधिकार लिनैपर्छ ।’

कार्यक्रममा माओवादी केन्द्रकी नेतृ जयपुरी घर्तीले नेपालमा महिलाहरुले बन्दुक बोक्न थालेपछिमात्र महिलाका मुद्दा सतहमा आएको बताइन् । तर अधिकार प्राप्तिको संघर्ष जारी रहेको उनले बताइन् । नेतृ घर्तीले भनिन्, ‘महिलाले वास्तविक अधिकार पाउन अझै लड्न बाँकी छ ।’

महिला नेतृ शशी श्रेष्ठले महिलाले आफ्नो लोग्ने मर्दैमा लाउने, खाने जस्ता नैसर्गिक अधिकारबाट वञ्चित हुनुपर्ने कुरितिको अन्त्य गर्नुपर्ने बताइन् ।

कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्माले आफूहरु महिला अधिकारको पक्षमा निरन्तर लडिरहेको बताएका थिए ।

अखिल क्रान्तिकारी पद्मकन्या क्याम्पसकी अध्यक्ष बसन्ता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङ, महिला नेतृ देवी खड्का, धर्मशिला चापागाईं, रेणु दाहाल, रेणु चन्द लगायत सहभागी थिए ।

कार्यक्रममा नायिका रेखा थापा, लोकगायिका भुमिका गिरी लगायत कलाकारहरूको विशेष प्रस्तुति थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget