Websoft University

www.radiomakalu.com || 021-522512


बेलायती राजदूतद्वारा प्रधानमन्त्रीलाई शुभकामना



काठमाडौँ, २१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि बेलायतका राजदूत रिजार्च मोरिस र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग( डिएफआइडी)का नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा भएको भेटवार्तामा राजदूत मोरिसले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको बधाइ दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो ।

नेपाल र बेलायतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाइमा उठाउन आफू र आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गर्ने भन्दै प्रधानमन्त्रीले एक आपसमा मिलेर काम गर्ने विचार समेत व्यक्त गर्नुभएको उहाँको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्रीले बेलायत सरकार र बेलायती जनताको तर्फबाट प्राप्त भएको बधाईप्रति धन्यवाद दिनुभएको थियो । यस्तै विकास साझेदार डिएफआइडीले नेपालको विकासमा पु¥याएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget