Websoft University

www.radiomakalu.com || 021-522512


नदी नियन्त्रणमा सघाउँदै नेपाली सेना

nepal-army's-help

झापा,साउन २२ गते । शुक्रबार विहानै झापाको चिल्लागढ धाममा करिब ५० जना सैनिक पुगे । महाभारतकालीन इतिहाससँग जोडिएको पूर्वकै एक प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र हो यो ।

यहाँ सैनिक आएपछि स्थानीय केही सर्वसाधारण त आश्चर्यमै परे । तर, जब उनीहरुले नदी नियन्त्रणका आएका रहेछन् भन्ने बुझे तब सैनिकहरुलाई सघाउन कम्मर कसेर लागि परे ।

नेपाली सेनाको कालिबहादुर गण, चारआलीका सैनिकहरु थिए उनीहरु । किम्बदन्ती अनुसार पाँच पाण्डवहरुले यज्ञ कुण्ड बनाइ तपस्या गरेको ठाउँमा हो चिल्लागढ धाम ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-८, माइधारबाट करिब ३ किलोमिटर दक्षिणतर्फ रहेको छ यो धाम । यहाँ करिब ३ विगाहा जमिन नदीले कटान गरेका थियो ।

बिहान ८ बजेदेखि ५० भन्दा बढीको सङ्ख्यामा रहेका सैनिकहरुले नदी नियन्त्रणका लागि काम गरे । कोही बालुवा बोरामा भर्न तल्लिन थिए त कोही बाँस बोकी रहेका देखिन्थे । केही जवानहरु खोलामा बाँस गाड्दै थिए ।

कन्काई नदीमा आएको बाढीका कारण कटान तीब्र हुँदा धामको अस्तित्व नै सङ्कटमा पर्न लागेको खबर पाएपछि संरक्षणका लागि सरकारी निकाय र स्थानीय अहिले कम्मर कसेर लागि परेका हुन् । सैनिकहरुले पनि सहयोग गरे ।

उनीहरुलाई धाम व्यवस्थापन समिति, जनताको तटबन्धन कार्यक्रम तथा स्थानीयले पनि सक्दो सहयोग गरे । नदी नियन्त्रणका लागि करिब १ सय ५० जना जुटे । अन्ततः करिब ९ घण्टाको प्रयास पछि टोलीले खोलाको वहावलाई परिवर्तन गराउन सफल भयो । र, नदीको धार परिवर्तन गरियो ।

चिल्लागढ धामको संरक्षणमा सबै एकजुट भएर सामुहिक रुपमा लागि गरेको भन्दै धामका व्यवस्थापन समिति अध्यक्ष तिलबहादुर कटुवालले खुशी व्यक्त गरे ।

गत साता यहाँ दुई वटा स्काभेटरमार्फत उत्तर दक्षिणमा ९ सय मिटर र पूर्व पश्चिममा १२ मिटरलाई खनेर अस्थाइ रुपमा पानीको निकास दिने बाटो बनाइएको थियो ।


धार्मिक तथा पर्यटकीय स्थल चिल्लागढको संरक्षण र सम्बर्द्धनका लागि आफूूहरुले गरेको प्रयासमा सबैलाई सहयोग गरिदिन सचिव विष्णु खतिवडाले आग्रह समेत गरेका छन् ।

यसअघि पनि कालिबहादुर गणले झापामा बाढीका कारण विचल्ली भएका मानिसहरुको सहयोग गरेका थिए । उनीहरु उद्धार कार्यमा क्रियाशिल रहे । गाउँ पूरै जलमग्न भएको समयमा सेनाको उद्धार कार्य निक्कै प्रभावकारी बन्यो ।

उनीहरुले कन्काई, विरिङ्ग, रतुवा लगायतमा खोलाले बाँध फुटाउन लाग्दा समेत संरक्षणका लागि विभिन्न प्रयासहरु गरेका थिए । सेनाका यी जवानहरुलले आफ्नो ज्यानको समेत पर्वाह गरेनन् । सर्वसाधारणलाई बचाउन लागि परिरहे ।

सेनाले उद्दार गरेपछि नयाँ जीवन पाएको भन्दै सहयोग पाएकाहरु उनीहरुको प्रशंसा गर्छन् । पृथ्वीनगरका होमबहादुर राजवंशी भन्छन्, ‘सेनाले उद्धार नगरेको भए हामी डुबेर मर्ने थियौं होला ।’-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget