Websoft University

www.radiomakalu.com || 021-522512


एलेप्पोमा २० लाख मानिस घेराबन्दीमा पर्नसक्ने राष्ट्रसङ्घको चेतावनी

ह्यामस्क(सिरिया), साउन २५ गते । सिरियाको प्राचिन शहर अलेप्योमा द्वन्द्वका कारण करिव २० लाख मानिस घेराबन्दीमा पर्नसक्ने खतरा रहेकको संयुक्त राष्ट्रसङ्घले जनाएको मङ्गलबार जनाएको छ ।

राष्ट्रसङ्घले सिरिया द्वन्द्वका क्रममा ठूलो मात्रामा बम बर्षा भएको उक्त शहरमा मानवीय सहायता पु¥याउन तत्काल सहायता टोलीलाई प्रवेशको पहँुच पु¥याउनसक्ने वातावरणको ग्यारेन्टी समेत प्रवन्ध गर्न सरकारी तथा विद्रोही पक्षलाई आग्रह गरेको छ ।

पछिल्ला केही हप्ताहरुमा भएको भयङ्करका भडपले अलेप्पोलाई विद्रोही र सरकारी पक्ष गरी दुई भागमा विभाजित गरेको छ जहाँ नागरिकलाई आहोर दोहोर गर्न द्वन्द्वरत पक्षबीचको तनावको कारण कठिन परेको बताउदै संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि उच्च मानविय सहायता मामिला अधिकारी याकुव एल हिलो र क्षेत्रीय संयोजक केभिन केनेडीले मानवीय सहयोगका लागि द्वन्द्वरत क्षेत्रमा युद्धनिवराम रोक्न आग्रह गर्नुभएको छ ।

अलेप्यो शहर र बरपरका क्षेत्रमा करिव २० लाख मानिस घेराबन्दीमा पर्ने भयमा दिन बिताउन बाध्य छन् जहाँ अहिले नै दुई लाख ७५ हजार नागरिक शहरको पूर्वी क्षेत्रमा फसेका राष्ट्रसङ्घद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

जुलाईको अन्त्यपछि अलेप्पो शहरमा १३० नागरिकले ज्यान गुमाएका छन् भने उक्त क्षेत्रमा भएको आक्रमणका कारण अस्पताल, औषधि पसल, विद्युत तथा पानीका स्रोतहरु पनि प्रभावित हुँदा जनजीवन अस्तव्यस्त एवम् दयनीय अवस्थामा पुगको राष्ट्रसङ्घले बताएको छ ।

राष्ट्रसङ्घले द्वन्द्वबाट प्रभावित नागरिकलाई मानवीय सहायता पु¥याउने सम्भव भएमा पूर्ण युद्धबिराम वा हप्तामा दुईदिन आक्रमण रोकी अति आवश्यकताकीय खाद्यान्न तथा औषधि आपूर्ति गर्ने वातावरण मिलाउन सरकार र विद्रोही पक्षलाई अनुरोध गरेको छ । उक्त क्षेत्रमा खाद्यान्न तथा औषधि लगायतका सामानको अभावका कारण जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

सिरियाको पूर्वआर्थिक शक्तिको भण्डारण क्षेत्र अलेप्पो आफँै प्रभावित हुँदा देशको अर्थतन्त्रमा समेत नराम्रो असर परेको छ ।

सिरिया द्वन्द्वका कारण सन् २०११ को मार्च पछि अहिलेसम्म आउँदा कम्तिमा दुई लाख ९० हजार मानिसले ज्यान गुमाएका छन् । त्यसैगरी देशकै आधा जनसङ्ख्या द्वन्द्वका कारण विस्थापित बनेको छ । रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget