Websoft University

www.radiomakalu.com || 021-522512


छ करोड चालीस लाखमा पक्की कुलो

nahar

इलाम, भदौ १३ गते । इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् ।विगतमै यो कुलो निर्माण हुनुपर्ने भए पनि यसपालिदेखि कुलो बन्न सुरू गरेको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङले बताउनु भयो । देउमाई नगरपालिका र एकतप्पा गाविसबीचमा पर्ने ह्वेङ्मा खोलाबाट देउमाई ह्वेङ्मा खोला सिँचाइ कुलोले एकतप्पाका केही वडाबाहेक सबै वडामा सिँचाइ हुने भएको छ ।

१२।१ किलोमिटर लामो सिँचाइ कुलोले एकतप्पा गाविसका १, २, ६, ७, ८ र ९ नम्बर वडाका एक हजार ५०० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव रामजी कोइरालाले जानकारी दिनुभयो । तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताइएको छ । कुलोले एकतप्पाका छ वडाको ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने भएको छ ।

एकाउन्न लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालय इलामले गत आव २०७२÷७३ मा सवारीनियम उल्लङ्घन गर्ने सवारीसाधनबाट रु ५१ लाख ७० हजार ३५० राजस्व सङ्कलन गरेको छ ।

ट्राफिकले जिल्लाका विभिन्न स्थानमा नियमविपरीत सञ्चालन भएका जिप, मोटरसाइकल, बस, ट्रक, ट्र्याक्टरलगायत १५ हजार ६२८ वटा सवारीसाधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।

सवारी नियम पालना नगर्ने जिप, कार र भेन छ हजार ७२, ट्रक एक हजार ८५४, बस २६७, मोटरसाइकल छ हजार २५३ र ट्र्याक्टर एक हजार १७३ वटा कारबाहीमा परेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget