Websoft University

www.radiomakalu.com || 021-522512


११५ केजी गाँजा र पेस्तोलसहित एक पक्राउ



सप्तरी,भदौ ९ गते । सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी लागुऔषध गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


फाइल फोटो

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले बुधबार सप्तरीको मल्हनवा–१ बस्ने छोटीलाल भण्डारी मालीको घरबाट ११५ केजी लागुऔषध गाँजा र एउटा सिक्सर पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

साथै, प्रहरीले उनलाई पक्राउसमेत गरेको बताइएको छ । प्रहरीको टोलीले उनकै घरमा लुकाइराखेको नौवटा बोरामा प्याक गरिएको ११५ केजी गाँजा र एउटा सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

त्यस्तै, प्रहरीले दुईवटा नोकिया र एउटा लाभा मोबाइलसमेत फेला पारेको छ । पक्राउ परेका भण्डारी मालीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget