Websoft University

www.radiomakalu.com || 021-522512


स्वार्थ र सरकारको लफडाले दुई राप्रपाबीचको एकता भाँडिने खतरा


इश्लामिक गणतन्त्र जस्तो होइन हिन्दु–गणतन्त्रः अधिकारी
काठमाडौं, साउन १७ गते । एउटै पृष्ठभूमिबाट आएपनि दुई फरक एजेण्डा बोकेका राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको एकता प्रक्रिया अन्योलमा परेको छ ।
दुई पार्टीले एकले अर्कालाई सहमतिमा बाधक भएको आरोप लगाउँदै एकता प्रक्रियामा ढिलाइ हुन पुगेको प्रतिक्रिया दिएका छन् ।

राप्रपा नेपालले एकता प्रक्रियालाई महत्व नदिई राप्रपाले सत्तालाई प्राथमिकता दिएको बताउँदै उसकै रबैयाका कारण एकता प्रक्रिया अन्योलमा परेको आरोप लगाएको छ ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सहमतिको आधारपत्र तय भइनसकेकाले एकता प्रक्रियामा ढिलाइ भएको बताउँदै मुल कुरो एकता भन्दा पनि सरकारलाई राप्रपाले प्राथमिकता दिँदा समस्या उत्पन्न भएको बताए ।

‘पार्टी एकता गरेरमात्रै सरकारमा जाने नजाने भन्ने बारेमा निर्णय लिने मोटामोटी सहमति भएको हो’ प्रमुख सचेतक गिरीले भने, ‘तर उहाँहरुले अहिले एकतालाई भन्दा एकतालाई महत्व दिएजस्तो देखिएकाले समस्या पैदा भएको छ ।’

तर राप्रपाका केन्द्रीय सदस्य बसन्तमान सिंह अधिकारीले एकतापछि पार्टी सञ्चालनका लागि आवश्यक पर्ने अन्तरिम विधान निर्माणमा ढिलाइ भएकाले एकतामा पनि ढिलाई हुन पुगेको दाबी गरे ।

दुई एजेण्डा बोकेको पार्टी एक हुँदा महाधिवेशन नहुन्जेलसम्म कुन आधारमा चल्ने भन्ने तय गर्न पार्टी सञ्चालनसम्बन्धी विधान आवश्यक पर्ने उनको भनाई छ ।

राप्रपा नेपालले केन्द्रीयसमितिको बैठकबाट हिजो (आइतबार) सम्ममा राप्रपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, दुई पक्षबीच एकताबारे ठोस तयारी र प्रगति हुन नसकेपछि त्यो असफल हुन पुगेको थियो ।

तोकिएको मितिमा एकता हुन नसकेपछि राप्रपा नेपालले मंगलबारको लागि केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकले सरकारमा पार्टीको सहभागिता रहने नरहने बारे औपचारिक निर्णय गर्नुका साथै राप्रपासँगको एकता के गर्ने भन्नेबारे टुंगो लाग्ने पार्टी प्रवक्ता राजाराम श्रेष्ठले रातोपाटीलाई बताए ।
आइतबारमात्रै नेकपा माओवादी अध्यक्ष प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर सरकारमा सहभागि हुन आग्रह गरेका थिए । तर थापाले पार्टीभित्र छलफल गरेर धरणा तय गर्ने बताएको अवस्थामा मंगलबारको बैठकलाई महत्वका साथ हेरिएको छ ।

राप्रपा नेपालका युवा तथा खेलकुद विभागका प्रमुख गणेश थापाले राप्रपा अध्यक्षले राप्रपाले गणतन्त्र स्वीकार गरेको भन्ने अभिव्यक्ति दिनु पार्टीको लागि दुःखद हो भन्दै कुनै पनि हालतमा पार्टीले एजेण्डा छाड्न नसक्ने बताए । उनले भने, ‘राप्रपा नेपाल आफ्नो एजेण्डा र सिद्धान्तप्रति प्रतिबद्व छ ।’

सरकारबारेको निर्णयमा एकता निर्भर

राप्रपाले सरकारमा जाने बताइरहेको बेला मंगलबार बस्ने राप्रपा नेपालको बैठकले पनि सरकारमा सहभागि हुने निर्णय गरेको अवस्थामा एकताको लागि केहि सहजमा उत्पन्न हुने बताइएको छ ।

अथवा, राप्रपाले सरकारमा जाने तयारीलाई छाडेर एकतालाई महत्व दिएमा पनि उत्तिकै सहजमा निम्तने छ ।

तर राप्रपा नेपालले सरकारमा सहभागि हुने र राप्रपाले सरकारमा सहभागि नहुने भन्नेबारे निर्णय गर्ने सम्भावना कम रहेको नेताहरु बताउँछन् ।

राप्रपा नेपालका एक नेताका अनुसार कमल थापाको व्यक्तिगत स्वार्थका साथै अन्य राजनीतिक कारणले राप्रपा नेपालको मंगलबारको बैठकले सरकारमा सहभागिता नजनाउने निर्णय गर्ने सम्भावना धेरै छ । यस्तै राप्रपामा पनि प्रतिष्ठाको सवाल उत्तिकै रहेकाले सरकारमा जाने तयारीमा पुनरावलोकन नहुने बताइन्छ ।

राप्रपाले तोकेन एकता मिति
राप्रपाले एकता गर्ने बताएपनि राप्रपा नेपालले जस्तो उसले ठोस मिति तय गरेको छैन । तर, एकताका लागि सहमति जनाउँदै दुई पार्टीका अध्यक्षबीच सहमतिपत्र आदानप्रदान भइसकेको छ ।

एकता अन्तिम चरणमा पुगेको भएपनि सरकारको लफडा, दुई पार्टीको स्वार्थ र पछिल्लो समय राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाले गणतन्त्र र संघीयता स्वीकार गरिसकेको भनि विवादास्पद अभिव्यक्ति दिएपछि समस्या उत्पन्न भएको बुझिएको छ ।

यस विषयमा राप्रपाका केन्द्रीय सदस्य अधिकारी भन्छन्, ‘ उहाँहरु (राप्रपा नेपाल) ले गणतन्त्रलाई स्वीकारेर सरकारमा जानु भएकै हो, हामीपनि परिवर्तित व्यवस्थालाई मान्दै गणतन्त्र स्वीकारेका हौं ।’

उनले एकता पछि ‘हिन्दु गणतन्त्र’ लाई सँगै लैजाने भन्ने राप्रपा अध्यक्षको अभिव्यक्तिलाई गलत रुपमा ब्याख्या गरिएको भन्दै भने, ‘इरानको जस्तो इश्लामिक गणतन्त्र भन्न खोजिएको होइन, उहाँले एकता महाधिवेशन नभएसम्मको लागि दुबै पार्टीको एजेण्डा सँगै लैजाने गरी हिन्दु गणतन्त्र को कुरा गर्नुभएको होला ।’

उनले एकता भए महाधिवेशनबाट पार्टीले जुन एजेण्डा तय गर्छ सोहि अनुसार अघि बढ्न तयार रहेको बताए ।
तर सो अघि एकताका लागि दुबै पक्षबीच लचकता हुनुपर्ने जरुरी छ त्यसो नगरी दुबै पक्ष सरकार र स्वार्थमा फसेको खण्डमा बनिसकेको एकता भाँडिने खतरा रहेको जानकारहरु बताउँछन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget