Websoft University

www.radiomakalu.com || 021-522512


मैदानमै रोए नेयमार, जसलाई ‘भगवानले पनि प्रेम गर्छ’

Neymar

काठमाडौं,भदौ ५ गते । ओलम्पिकको फुटबलमा ब्राजिललाई पहिलो स्वर्ण दिलाएपछि कप्तान नेयमार मैदानमै रोए । माराकाना रंगशालामा ८७ हजार दर्शकका अगाडि जर्मनीलाई पेनाल्टीमा ५-४ ले हराउने क्रममा नेयमारले विजयी गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा नेयमारले नै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले २७ औं मिनेटमा फि्रकिकमा गोल गरे । जर्मनीका मेयेरले बराबरी गोल फर्काए ।

निर्धारित र थपिएको ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रकेरबाट लिइएको थियो । जसमा जर्मनीका निल्स पिटरसन चुकेका थिए ।

पाँच पटकको विश्व विजेता ब्राजिलले यसअघि तीन पटक १९८४, १९८८ र २०१२ मा फाइनल खेलेपनि ओलम्पिकको फुटबलमा स्वर्ण जित्न सकेको थिएन । यो पटक उसले विश्व विजेता जर्मनीलाई हराएको छ, र दुई वर्षअघि विश्वकपको सेमिफाइनलमा व्यहोरेको ७-१ को लज्जास्पद हारको बदला लिएको छ ।

ब्राजिलका गोलकिपर वेभटर्न भन्छन्, ‘स्वर्ण हाम्रो भयो । तर, यो भगवानसँग जोडिएको छ । जसरी उनी टिममेटलाई प्रेम गर्छन्, भगवानले नेयमारलाई मन प्रेम गर्छन् ।’

नेयमारले भने यसलाई आफ्नो जीवनकै उत्कृष्ट क्षण भनेका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget