Websoft University

www.radiomakalu.com || 021-522512


मोटरसाइकल जुध्दा दुईजना गम्भीर


Image result for accident

मोरङ,साउन २२ गते । मोरङको सोराभाग–३ स्थित रङ्गेली–विराटनगर सडकखण्डमा शुक्रबार साँझ दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् ।

साँझ साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २३ प २७६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प ३०८४ नम्बरको मोटरसाइकल एकापसमा जुधेको हो ।

दुर्घटनामा चालकहरु मोरङ कदमाहा–८ का १८ वर्षीय अजय शर्मा र मोरङ डायनिया–८ का २६ वर्षीय सन्दिप शाह गम्भीर घाइते भएका हुन् ।

दुवै जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता योगेन्द्रसिंह थापाले जानकारी दिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget