Websoft University

www.radiomakalu.com || 021-522512


सेयर बजारमा भीषण गिरावट : कारण के ?

narendra chudali

वर्षाको समयमा झरिरहने पहिरोलाई सामान्य रुपमा लिने गरिन्छ । त्यो स्वभाविक पनि हुन्छ । तर जब हिउँदमास पनि भयावह पहिरो जान्छ भने त्यो अस्वभाविक र असामान्य बन्छ । नेपालको पुँजीबजारमा सोमबार त्यस्तै अस्वाभाविक घटना भयो । सेयरको सिजन सुरु भएको र सेयर बजार घट्नुपर्ने कुनै स्पष्ट कारणविना नै एकै दिन करिब ८९ अङ्कको भारी गिरावट भयो । बजार खुलेसँगै तीव्र रुपमा गिरावट आएपछि सर्किट ब्रेकर लगाएर कारोबार बन्दगरियो । एकै दिन ५ प्रतिशतभन्दा बढीको उतारचडावमा सर्किट ब्रेकर लगाउने नेप्सेको नियम हो । यो गिरावट नेपालको सेयरबजार इतिहासमा एकै दिनमा भएको हालसम्मकै उच्च गिरावट हो । तर सेयर बजारको सिजन भनिने वर्तमान समयमा भएको यस्तो अस्वाभाविक र असामान्य गिरावटको कुनै कारण छैन् । भूकम्प र नाकाबन्दीको समयमा समेत निरन्तर बढेको बजार अहिलेको सामान्य अवस्थामा पनि असन्तुलित भएपछि लगानीकर्तामा भय पैदा भइरहेको छ । लामो समयदेखि लगातार बढिरहेको बजारमा पछिल्ला केही दिनमा सामान्य करेक्सन देखिएका थिए । त्यसलाई सेयर बजारको समान्य नियम र विशेषताका रुपमा लिइएको थियो । सेयरबजारमा नाफा सुरक्षित गर्ने लगानीकर्ता बढेका कारण बजार घटेको अनुमान गरिएको थियो ।

तर सोमबारको भीषण गिरावटलाई भने बजारमा असामान्य रुपमा लिइएको छ । हल्ला र अनर्गल प्रचारबाजीबाट हलचल भइरहेको सेयर बजार यसबाट थप तरङ्गित बनेको छ ।

यहाँ सेयर बजार घट्नै हुँदैन भन्न खोजिएको त होइन तर सोमबार जुन किसिमले सेयर घट्यो त्यसलाई स्वभाविक रुपमा लिन सकिँदैन ।

निरन्तर बढिरहेको बजारमा करेक्सन त आवश्यक हुन्छ । विगत एक हप्तादेखि बजार निरन्तर घटिरहेको थियो । यसलाई बजारको करेक्सनको रुपमा पनि लिइएकै हो । यसबाट बजार थप परिपक्व हुन्छ भन्ने आशा पनि गरिएको थियो । तर एकाएक सोमबार अप्रत्याशित रुपमा सेयर बजारमा भीषण पहिरो गएपछि भने यसलाई करेक्सनकै रुपमा मात्र लिनमिल्ने स्थिति छैन । किनकि सामान्यत सेयरको सिजन मानिने यस समयमा भएको भारी गिरावटले बजारमा लगानीकर्ताले आत्मविश्वास गुमाएको अनुमान गर्न सकिन्छ । जुन सेयर बजारका लागि शुभ सङ्केत होइन । जब बजारमा लगानी गर्ने लगानीकर्ताले बजारप्रति विश्वास गुमाउँछन् तब बजार बढ्नुपर्ने प्रशस्तै कारण भए पनि लगानीकर्ताको मनोविज्ञानका कारण निरन्तर घटरहन्छ । निरन्तर लगानीकर्ताले आत्मविश्वास गुमाइरहे भने त्यो नै बजार दुर्घटनाको प्रमुख कारण बन्न सक्छ । त्यसैले कुन कारणले लगानीकर्ताले एकाएक आत्मविश्वास गुमाएर अताल्लिए, त्यो कारण पत्ता लगाउनु जरुरी हुन्छ ।

बजारमा विनाकारण नै ऐतिहासिक गिरावट आएपछि धितोपत्र बोर्डले विज्ञप्ती जारी गर्दे सेयर बजारमा आत्तिइ हाल्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै विवेकपूर्ण लगानी गर्न आग्रह गरेको छ ।

बजारको घटाइ र बढाइ सङ्गठित संस्थाहरुको अवस्था, माग र आपूर्ति र अन्य कारक तत्वले निर्धारण गर्ने भएकाले यो स्वतन्त्र हुन्छ । तर अनावश्यक हल्ला र चलखेलले बजार प्रभावित भएमा त्यो जोखिमयुक्त हुन्छ ।

कारण के हुनसक्छ ?

बजार घट्ने वा बढ्ने कुरा नितान्त माग र आपूर्तिबीचको कुरा हो । यसमा विभिन्न उत्प्रेरक तत्वहरुले प्रभाव पारिरहेका हुन्छन् । त्यसकारण बजार घट्दैमा विषयलाई जटिल बनाई हाल्नुपर्ने पनि होइन । यो बजारको नियम पनि हो । तर सोमबार जुन किसिमको त्रासदीपूर्ण घटाई देखियो त्यो चाहि अस्वभाविक नै छ । यो घटाई बजारको नियम र बजारका प्रवृत्तिभन्दा फरक देखियो । तथापि बजार घट्नलाई निम्न कारणले भूमिका खेलेको हुन्छ ।

– बजार लामो समयदेखि बढिरहेकाले पछिल्ला दिनहरुमा लगानीकर्ताले नाफा सुरक्षित गर्ने उद्देश्यले सेयर बेच्न थालेपछि आपूर्ति बढ्न गई गिरावट आएको अनुमान गर्न सकिन्छ ।

– धितोपत्र बोर्डले बजारमा कालो धन भित्रिएको आशङ्कामा छानबिन अगाडि बढाएपछि कालो धन लिएर बजारमा प्रवेश गरेको समूह एकैपटक सेयर बेचेर बाहिरिने प्रयास गरेपछि सप्लाइ बढ्न गई बजार कमजोर भइरहेको विश्लेषण गरिएको छ । यद्यपि यसबाट बजारमा यत्रो उथुलपुथुल हुनुपर्ने आवश्यकता थिएन ।

– ग्लोबल बैङ्कले सेयर ब्रोकरहरुलाई दिँदै आएको चेक पर्चेज सुविधालाई राष्ट्र बैङ्कले हटाएपछि त्यसको असर बजारमा तात्कालिक रुपमा देखिएको छ । यो सुविधा हटाइए पनि राष्ट्र बैङ्कले ब्रोकरहरुलाई ५ करोडसम्मको ओभर ड्राफ्ट सुविधा उपलब्ध गराउने तयारी गरेकाले यसको असर धेरै लामो समय भने नरहने देखिन्छ ।

– बजार घट्नुको अर्को महत्वपूर्ण कारण भनेको धितोपत्र बोर्डको जायज चिन्तालाई गलत व्याख्या गरिनु हो । पछिल्लो समयमा बजारमा केही कमजोर वित्तीय अवस्था भएका कम्पनीको सेयर पनि अस्वाभाविक रुपमा बढेपछि नियमनकारी निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई विवेकपूर्ण लगानी गर्न आग्रह गरेको थियो । बजारलाई थप परिपक्व बनाउन र जोखिम न्यूनीकरण गर्न धितोपत्र बोर्डले गरेको प्रयासलाई केही समूहले गलत रुपमा प्रचारबाजी गर्दे उल्टै धितोपत्र बोर्डलाई नै बजार वृद्धिको बाधकका रुपमा चित्रित गरिदिए ।

– बजारमा पछिल्लो समय केही अनलाइन मिडियामा प्रकाशित भ्रमपूर्ण सामग्रीले लगानीकर्तामा अन्योल छाएको पाइन्छ ।

– सेयर बजारप्रति त्यत्ति नरम छैन भनिने माओवादी केन्द्रले सरकारको बागडोरसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि लगानीकर्तामा केही आशंका र अन्यौलता देखिएका छन् भलै अर्थमन्त्री महराले बजारप्रति नियन्त्रण नगरिने बताइसकेका छन् ।

– वर्तमान बजार घट्नुको अर्को कारण भनेको लगानीकर्ताको मनोविज्ञान हुनसक्छ । सेयर बजारको घटबढमा लगानीकर्ताको मनोविज्ञानले पनि ठूलो भूमिका खेलेको हुन्छ । अहिले बजारका धेरै लगाानीकर्तालाई बजारको यो इन्डेक्स धेरै भइसक्यो भन्ने भान परिरहेको छ । अब बजार माथि जाँदैन र विस्तारै घट्छ भन्ने मनोवृत्ति धेरै लगानीकर्तामा रहेको पाइन्छ । लगानीकर्ताको यो मनोविज्ञानले बजारलाई असर गरिरहेको छ ।

– पछिल्लो समयमा बजारमा अनावश्यक चलखेल गर्ने समूह सकृय भएको छ । आधारहीन कुरा बजारमा फैल्याई सेयर बढाएर वा घटाएर पैसा कमाउने समूहका कारण लगानीकर्ताले नोक्सानी व्यहोर्नुपरेको छ

– विगत लामो समयदेखि निरन्तर बजार बढेको देखेका लगानीकर्ता एक हप्ता लगातार बजार रातो भएपछि अताल्लिएका छन् । उनीहरुले आत्मविश्वास गुमाउँदै जाँदा बजारमा त्यसको असर देखिएको छ । तर त्यसरी अताल्लिहाल्नुपर्ने कारण भने देखिँदैन ।

बजारमा जोखिम बढाउने र घटाउने कुरा एक हदसम्मलगानीकर्ताको हातमा पनि छ । उनीहरुले विवेकपूर्ण तरिकाले सही कम्पनीको छनौट गरे भने त्यहाँ जोखिम अवश्य पनि कम हुन्छ । तर उनीहरु अनावश्यक रुपमा हडबढाएर हल्लाका भरमा गलत कम्पनी छनोट गरे भने त्यसमा सदैव जोखिम हु न्छ । बजार बढिरहेको छ भन्दैमा सधैँ बढी नै रहन्छ र घटेको छ भन्दैमा सधैँ घटी नै रहन्छ भन्ने किसिमको व्यवहार देखाउनु हँुदैन । लगानीकर्ताका यस्ता व्यावहारले बजारमा जोखिम बढाउँछ । बजारमा देखिएका यी दुवै व्यावहार प्रतिउत्पादक छन् । यस्ता प्रवृत्ति हाबी हुने हो भने बजार दुर्घटनमा पर्ने खतरा हुन्छ । अतः सेयरमा लगानी गर्ने लगानीकर्ताले सेयर बजारका आधारभूत तथ्यलाई बुझेर परिपक्व, व्यवहार देखाउनु जरुरी छ । लगानीकर्ता सधैँ सन्तुलित र विवेकी हुुनु आवश्यक छ । ताकि हामीले जोखिमलाई कम गर्दै नाफा कमाउन सकियोस् ।

सेयर बजारमा लगानी गर्ने लगानीकर्ता त्यो विवेकशील हुन्छ जसले जोखिमलाई न्युूनीकरण गरी मुनाफा आर्जन गर्न सफल हुन्छ । तर सेयर बजारमा जोखिम रहित मुनाफा आर्जन भने असम्भव हुन्छ । यसकारण लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर किन्नुभन्दा पहिले त्यस कम्पनीको वित्तीय अवस्था, व्यावस्थापकीय पक्ष र भविश्यमा दिनसक्ने प्रतिफलको बारेमा राम्रो अध्यायन गर्नु जरुरी हुन्छ । राम्रो कम्पनीको सेयरमा जोखिम कहिल्यै आउँदैन । हल्ला र हचुवाका भरमा सेयर बजारमा लगानी गर्दा त्यहाँ सदैव जोखिम हुनसक्छ ।

अतः बजारलाई परीपक्व र स्वतन्त्र बनाउन लगानीकर्ता, सेयर दलाल तथा नियमनकारी निकायहरुको सकारात्मक भूमिका हुनु जरुरी छ । जसबाट बजार सुधारुन्मुख हुँदै जाओस् ।-
नरेन्द्र चुदाली, रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget