Websoft University

www.radiomakalu.com || 021-522512


सातौं पटक ओलम्पिक खेल्दै भारतीय खेलाडी लियान्डर पेस



बार्सिलोना ओलम्पिक खेल्न स्पेनतर्फ लाग्दा भारतीय टेनिस खेलाडी लियान्डर पेसको उमेर थियो, १५ वर्ष। उनले त्यसको ४ बर्षपछि अमेरिकाको एट्लान्टमा भएको ओलम्पिकमा पुरुष एकलतर्फ कास्य जित्दै सनसनी मच्चाए। त्यो पदक उनले सन् १९५२ को हेलिसिन्की ओलम्पिकमा कुस्ती खेलाडी खासाबा जादवले कास्य जितेको ४४ बर्षपछि जितेका थिए।

२८ बर्षअघि भारतको ओलम्पिक टिममा पहिलो पल्ट समावेश भएका तीनै लियान्डर ओलम्पिकमा अर्को इतिहास रच्ने तयारीमा छन्। भारतीय ओलम्पिक संघले टेनिसमा उनको सहभागिता निश्चित गरेपछि उनी ७ पल्ट ओलम्पिक खेल्ने विश्वकै पहिलो टेनिस खेलाडी बन्दैछन्।

‘देशको झन्डामुनी उभिएर ओलम्पिक खेल्नु आफैमा गर्वको कुरा हो। यसमा पनि म नयाँ इतिहास कोर्ने तयारीमा छु,’ ओलम्पिकका लागि रियो पुगिसकेका पेसले भने। लियान्डर मुलतः कोलकाताका बासिन्दा हुन्। उनको पिता र आमा दुवै पूर्व राष्ट्रिय खेलाडी पनि हुन्। उनका पिता भेस पेस सन् १९७२ को म्युनिख ओलम्पिकमा कास्य जितेको भारतीय हकी टोलीका सदस्य थिए। पिताले कास्य जितेको ९ महिनापछि उनको जन्म भएको थियो। त्यसैले उनी घरको बैठक कोठमा टाँगिएको आफ्नो पिताको ओलम्पिक पदक हेर्दै हुँर्किएका थिए।

लियान्डरकी आमा भारतीय महिला बास्केटबल टिमकी कप्तान हुन्। उनले सानैदेखि घरमा खेलको माहौल पाएका थिए। ४३ बर्षको उमेरमा पनि उनको जोश र फिटनेश देखेर औला टोक्नेको कमी छैन, टेनिसमा। उनी योग र सन्तुलित खानालाई यसको जस दिन्छन्।

लियान्डर मिक्स र डबल्सका सवैभन्दा सफल खेलाडी मानिन्छन्। उनले मिक्समा १० र डबल्समा ८ गरि दुवै स्पर्धामा १८ वटा ग्रान्डस्लाम जितिसकेका छन्। उनी भारतीय टेनिसका अहिलेसम्मकै सफल खेलाडी हुन्। रियोमा उनी ३६ वर्षीय रोहन बोपनाको डबल्स पार्टनरको रूपमा कोर्टमा उत्रिदैछन्। २०१२ को लन्डन ओलम्पिकमा बोपनाले लियान्डरसँग पार्टनर बन्न अस्विकार गरेका थिए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget