Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापालाई पशुपति शमशेरको जवाफ- निरीह भएर शरण माग्न सकिएन



काठमाडौं,साउन २७ गते । एकता प्रयास भाँडिएपछि राप्रपा नेपाल र राप्रपाका शीर्ष नेताहरुबीच वाकयुद्ध सुरु भएको छ । एकता घोषणा सभा हुन नसकेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले भारतीय राजदूत भेटेपछि बोलि फेरेको र अदृष्य शक्तिको चलखेलबाट एकता भाँडिएको बताएका थिए ।


त्यसको दुई दिनपछि बिहीबार राणाले पत्रकार सम्मेलन गर्दै थापालाई जवाफ फर्काएका छन् । आफू निकट नेताहरुलाई साथमा राखेर पत्रकारमाझ प्रस्तुत भएका राणाले भने, ‘मैले राजदूत भेटेकै छैन । वार्तामा बसेको मान्छेले त्यति तल्लोस्तरको कुरा गर्नु भनेको लाजमर्दो हो ।’

उनले राप्रपा अध्यक्ष थापाले आफूहरुको चरित्र हत्या गरेको र तल्लोस्तरको गाली गरेको आरोप लगाए ।

राणाले भने, ‘अहिलेको अवस्थामा एकता आवश्यक छ । त्यसैले हाम्रो तर्फबाट प्रयास गरेका हौं तर, राप्रपा नेपालका अध्यक्षसहितका केही नेताहरुले हाम्रो चरित्रहत्या गर्ने, तल्लोस्तरको गाली गर्ने काम गरे । यो दुर्भाग्यपूर्ण छ ।’

उनले अघि भने, ‘आफ्नै समकक्षीलाई गाली बेइज्जत गरेर कसैको इज्जत बढ्दैन ।’

अन्तरिम विधानअनुसार कुरा नमिलेपछि केही दिन एकता घोषणा पछि सारौंमात्र आफूहरुले भनेको उनले प्रष्ट्याए ।

अन्तरिम विधानमा राप्रपाको अध्यक्ष राष्ट्रिय अध्यक्ष हुने र राप्रपा नेपालका अध्यक्ष पार्टी अध्यक्ष हुने प्रस्ताव गरिएको थियो । विधानअनुसार राप्रपालाई निरिह बनाउन खोजिएको भन्दै राप्रपाका नेताहरुले संशोधनको माग गर्दै आएका थिए ।

‘राप्रपाको झण्डा ओझेलमा पर्ने देखिँदा पनि वृहत्तर हितका लागि अगाडि बढेका थियौं । राप्रपा अध्यक्षलाई पनि थप अधिकार दिने प्रस्ताव हाम्रो थियो,’ राणाले प्रश्न गरे, ‘राप्रपाले आफ्नो सबै स्वाभिमान आत्मसम्मानलाई बन्धक राखेर राप्रपा नेपालसँग निरीह भएर शरण माग्न जानु एकता हो की हाम्रो अस्तित्वको विलिनिकरण ?’

यसबारे छलफल गर्नुको साटो आफूहरुलाई केबल गालि गलौज गरिएको राणाको आरोप छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget